विपद् व्यवस्थापन कार्यशाला

573

विपद् व्यवस्थापन कार्यशाला

बुटवल, २५ पुस । विपद् व्यवस्थापनको क्षेत्रमा काम गदै आएको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालले आज बुटवलमा सचेतीकरण कार्यशाला गरेको छ ।

केन्द्रले पत्रकारहरुको लागि विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन अनुकुलन सम्बन्धी सचेतीकरण कार्यशाला आयोजना गरेको हो । केन्द्रले रुपन्देही, नवलपरासी, डडेलधुरा, अछाम, डोटी, बैतडी, ओखलढुंगा र रामेछापमा विपद् व्यवस्थापनको विषयमा पुर्व तयारीको विषयमा कार्यक्रम गर्दै आएको छ ।

रुपन्देहीमा तिनाउ नदीले पार्ने विपद्को वारेमा जानकारी दिन दोभान र मर्चवारमा सूचना केन्द्र रहेको छ । बुटवलबाट तिनाउ नदी मर्चवार पुग्न चार घण्टा लाग्ने भएकोले त्यसले पार्ने विपद् जोखिम न्युनिकरण गर्न सूचना केन्द्र प्रभावकारी देखिएको छ ।

केन्द्रले सिमान्तकृत तथा पछाडी पारिएका व्यक्तिहरुको दिगो विकासमा काम गर्ने गरेको कार्यकारी अधिकृत धर्मराज घिमिरेले जानकारी गराउनुभयो ।

विपद् व्यवस्थापनमा पत्रकारहरुले कसरी समाचारको माध्यमबाट प्रभावकारी भुमिका खेल्न सक्छन् भन्ने विषयमा पत्रकार भवानी प्रसाद पाण्डेले सहजीकरण गर्नु भएको थियो । नेपाल जलवायुमा छैठौ, भुकम्पमा ११ औं र बाढीमा ३० औं स्थानमा जोखिम स्थानमा रहेको छ ।

कार्यक्रम अधिकृत भरत वि.क.ले २०५७ सालमा दर्ता भएको केन्द्रले कृषि, जिविकोपार्जन, वातावरण तथा प्रकोप जोखिम न्युनिकरण सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।