जुवा खालबाट १९ जना पक्राउ : जुवा ऐन अनुसार कारवाही

925

जुवा खालबाट १९ जना पक्राउ : जुवा ऐन अनुसार कारवाही

बुटवल, ४ मंसिर । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर–७ अमुवामा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले सोमबार राती १२ बजेको समयमा अमुवामा पासा खेलीरहेको अवस्था छापा मारेको थियो ।

गाउँको बिच बगैंचामा त्रिपाल टाँगेर ठूलो संख्यामा जुवा खेलेको अवस्थामा जुवा खालबाट ६ लाख ७८ हजार २ सय रुपैयाँ नगद सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

पक्राउ परेको सबैजनालाई जुवा ऐन अनुसार कारवाही अंगाडी बढाईएको पनि उहाँले जानकारी दिनुभयो ।