विवादका कारण कवर्ड हल निमार्ण अन्यौलमा

827

विवादका कारण कवर्ड हल निमार्ण अन्यौलमा

बुटवल, १९ असार । तिलोत्तमा नगरपालिकाले यस अगाडी गरेको निर्णय रोकेर नगरपालिका र हिमाल युथ क्वलको सहलगानीमा कवर्ड हल निर्माणको काम अगाडी बढाउने निर्णय हिमाल युथ क्लवले अस्वीकार गरेको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नं. ६ पुरानो सडकमा सोही वडाको हिमाल युथ क्लवले नगरपालिकाकै स्वामित्वमा रहनेगरी कवर्ड हल सहितको बहुउपयोगी भवन बनाउन वडा कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदनका आधारमा वडा अध्यक्ष सुखदेव न्यौपानेले नगरपालिकामा सिफारिस गर्नुभयो । उहाँकै सिफारिसका आधारमा गत चैत २ गते बसेको नगरपालिकाको बोर्ड बैठकले सिफारिस स्वीकृत ग¥यो ।

त्यसको भोलीपल्ट सोही वडाका केही व्यक्तिबाट बिरोध सुरु भयो । एमाले वडा कमिटी बैठक बसेर वडा अध्यक्षबाट सदस्यहरुलाई समेत जानकारी नगराई एकलौटी सिफारिस गरेको भन्दै नगर प्रमुख बासुदेव घिमिरेलाई ध्यानाकर्षण गराईयो । वडाको सोही विवादलाई देखाएर नगरप्रमुख घिमिरेले कवर्ड हल सहितको बहुउपयोगी भवन निर्माणको काम केही समयकालागि रोक्न आग्रह गर्नुभयो ।

नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय नियममा पनि स्थानीय स्रोत साधन उपयोगको अधिकार स्थानीयकै हुन्छ । त्यसैकारण पछिल्लो निर्णय बदर गराएर पुरानै निर्णय कार्यान्वयन गराउन हिमाल युथ क्लवका अध्यक्ष दुर्गा भट्टराईले माग गर्नुभयो ।

विवाद देखाएर केही समय काम रोक्न आग्रह गरेपनि नगरपालिकाको जेठ ९ गतेको बैठले सोही स्थानमा वडा कार्यालयको पार्किङ् व्यबस्थापनको माग आएको उल्लेख गरि पुरानो निर्णयलाई उल्ट्याउँदै मन्दिर र हुलाक कार्यालयलाई बैकल्पिक व्यबस्थापन गर्ने तथा त्यस स्थानमा नगरपालिका र हिमाल युथ क्लवको सहलगानीमा व्याडमिन्टन कवर्ड हल व्यबस्थापन गर्ने निर्णय गरेको छ । हिमाल युथ क्लवले भने वडा अध्यक्ष र वडाका केही व्यक्तिको व्यक्तिगत टकरावका कारण नगरपालिकाले पहिले गरेको निर्णय उल्ट्याएको औंल्याउँदै नगरपालिकालाई पुरानै निर्णय कार्यान्वयनकालागि आग्रह गरेको हो ।

हिमाल युथ क्लवको प्रस्ताव अनुसार वडा कार्यालय समेत रहेको उक्त स्थानमा ५ कट्ठा ८ धुर जग्गा रहेको र त्यसमा हिमाल युथ क्लवलाई २ कट्ठा जमिनमा कवर्ड हल सहितको बहुउपयोगी भवन निर्माणकालागि नगरपालिकाले पहिलो निर्णय गरेको निर्माण समितिका संयोजक गणेश पाठकले बताउनु भयो ।

उहाँका अनुसार उक्त बहुउपयोगी कवर्ड हल निर्माणकालागि करिव ५५ लाख लागत अनुमान गरिएको छ भने एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ । हिमाल युथ क्लवको प्रस्ताव अनुसार काम अगाडी बढ्न लागेको बिरोधमा उत्रेकाहरुले फर्जी हस्ताक्षर संकलन गरि नगरपालिकामा बुझाएको आरोप लगाउँदै निर्माण समिति संयोजक पाठकले हस्ताक्षर गरेकै व्यक्तिहरु त्यसको बिरुद्ध भएको दावी गर्नुभयो ।

यसैबिच कवर्ड हल बनाउने र बन्न नदिनेका बिच भएका बिरोध तथा टिकाटिप्पणी पन्छ्याउँदै नगरपालिकाले उक्त जग्गालाई यथास्थितीमा राख्ने निर्णय गरेको छ । तिलोत्तमा नगरपालिकाको वार्ड न. ६ स्थित वार्ड कार्यालय भएको जग्गा स्थानीय केहि व्यक्तिको बिरोधपछि अर्को निर्णय नहुदासम्मको लागि सबै काम रोक्का गरेको हो । कार्यपालिकाको मंगलबार दिउसो बसेको बैठकबाट अर्को निर्णय नभएसम्मका लागि पुर्बवत अवस्थामा नै राखी नगरपालिकाले नै संरक्षण गर्ने निर्णय गरेको हो ।