Wednesday 24th April 2019
  • New title for a=>html, img=>alt
  • कम्युन्ष्टि सरकार राज्य सत्ता कब्जाको रणनीतिमाः कांग्रेस नेतृ डा.संग्रौल

    March 26, 2019


    बुटवल, १२ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी पूर्व अध्यक्ष डा. डिना संग्रौलाले केपी ओली नेतृत्वको कम्युन्ष्टि सरकार राज्य सत्ता कब्जाको रणनीति सहित अंगाडी बढेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकारले संसदमा प्रस्तुत गरेका अधिकांस विधेयक प्रधानमन्त्रीको नियन्त्रणमुखि भएको आरोप लगाउनु भयो ।

    संघीय संसदकी सदस्य समेत रहनुभएकी नेतृ संग्रौलाले ती विधेयकहरुमा नेपाली काँग्रेसको तर्फबाट संशोधन हालेको बताउँदै संघीयतालाई कमजोर बनाउनेगरी, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेसलाई कमजोर बनाउने गरी आउने विधेयक नेपाली काँग्रेसलाई स्वीकार्य नहुने भनाई राख्नुभयो ।

    संघीयतालाई कमजोर बनाउन प्रधानमन्त्री स्वयम लागेको बताउँदै उहाँले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी सिडिओलाई हुनेगरी बिधेयक आएको र त्यसको जिम्मेवारी मुख्यमन्त्रीलाई हुनुपर्ने गरी संशोधन हालेको जानकारी गराउनु भयो । उहाँले राष्टि ्रय सुरक्षा पारिषदलाई छायाँमा राखेर प्रधानमन्त्रीले निरंकुशता ल्याउन खोजेको समेत आरोप लगाउनु भयो ।

    नेतृ संग्रौलाले मेलम्चि खानेपानी आयोजना, वाईड बढी जहाज खरिद, सुनकाण्ड लगायत सबै कुरामा चुकेको बताउँदै सरकारले भ्रष्टाचारलाई सिरानी लगाएर सुतेको आरोप लगाउनु भयो । त्यस्तै हत्या हिंसा अराकतामा समेत सरकार मौन रहेको बताउँदै कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ८ महिना बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले प्रधानमन्त्री र गृहमन्त्रीले हत्याराको संरक्षण गरेको पुष्टि भएको दावी गर्नुभयो ।
    उहाँले महासमितिमा पार्टीका जिल्ला सभापतिहरुले केन्द्रीय सदस्यहरु तलैबाट चुनिएर आउनु पर्ने धारणा राखेपनि महासमितिले निर्णय नगरेकाले केन्द्रीय समितिको बहुमतले पारित गरेको बिषयलाई बोकेर द्वन्द्व चर्काउन नहुने धारणा राख्नुभयो ।