Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • करहिया स्वास्थ्य चौकीमा प्रयोगशाला

    August 22, 2018


    मणिग्राम, ६ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ चार नम्बर स्थित करहिया स्वास्थ्य चौकीमा सामुदायिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ । स्वास्थ्य चौकी स्थापनाको झण्डै २० वर्षपछि सञ्चालन गरिएको प्रयोगशालाको शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गर्नुभयो ।

    त्यसअवसरमा नगर प्रमुख घिमिरेले प्रयोगशालाको दिगो व्यवस्थापनका लागि जनशक्ति एवं भौतिक पूर्वाधार निर्माणमा नगरपालिकाले आगामी दिनमा थप सहयोग उपलब्ध गराउने बताउनुभयो । सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वसनियता बढाउँदै रोगको समयमैं पहिचान गर्न प्रयोगशालाको महत्वपूर्ण भूमिका रहने चर्चा गर्दै नगरप्रमुख घिमिरेले प्रयोगशालाबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो ।

    वडा नं. ८ का वडाध्यक्ष कृष्ण पौडेलले सबैको सहयोगबाट प्रयोगशाला सञ्चालनमा ल्याइएको उल्लेख गर्दै यसले स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउने उल्लेख गर्नुभयो । स्वास्थ्य चौकी ईञ्चार्ज पिताम्बर पाठकले स्वास्थ्य चौकी स्तरीय प्रयोगशालामा औलो एवं क्षयरोगको पूर्ण निःशुल्क तथा अन्य परीक्षणको न्युन शुल्कमा परीक्षण सेवा उपलब्ध रहेको जानकारी दिनुभयो ।

    प्रयोगशाला सञ्चालनसँगै स्वास्थ्य चौकीमा आउने बिरामीको संख्या बढ्ने बताउँदै पाठकले सर्ने र नसर्ने रोगको भित्रि कारण पत्ता लगाएर उपचार गर्न अब सहज हुने उल्लेख गर्नुभयो ।