कृषि मेलाको आकर्षण बोटानिकल क्लिनिक

874

कृषि मेलाको आकर्षण बोटानिकल क्लिनिक


कबिन्द्र नेपाल / बुटवल, १७ माघ । यहि माघको २१ दखि २६ गतेसम्म सञ्चालन हुने कृषि मेला–२०७५ को मुख्य आकर्षण ‘बोटानिकल क्लिनिक’ हुने भएको छ । जडीबुटी तथा बोटबिरुवा उमार्ने हुर्काउने तथा त्यसलाई सत्रु किराबाट कसरी जोगाउन सकिन्छ भन्ने लगायतका कुराहरु उक्त क्लिनिकबाट जानकारी गराईने छ ।

बुटवल उद्योग बाणिज्य संघ र प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको कृषि मेलामा बिशेष गरेर तेस्रो मुलुकबाट आयात हुने बोट बिरुवाका बारेमा जानकारी गराईने छ । त्यसरी आयात भएका बिरुवा रोप्नेदेखि हुर्काउने र त्यसको उपयोगिता समेत जानकारी गराईने भएकाले किसानले लाभ लिन सक्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक खिमबहादुर हमालले बताउनु भयो ।

त्यस्तै मेलामा किसानले माटो परिक्षण गराउन समेत सक्नेछन् । मेलामा कृषि मन्त्रालय अन्तरगत माटो परिक्षण विभागले माटो परिक्षण क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ । उक्त क्लिनिकमा किसानले आफ्नो खेत बारीको माटो ल्याएर परिक्षण गराउन सक्नेछन् । किसानले आफ्नो बारीको माटोमा कुन उपज लगाउँदा बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा जानकारी लिन र सोही अनुसार खेतीपाती गर्नकालागि माटो परिक्षण गराएर लाभ लिनकालागि मेला आयोजक बुटवल उद्योग बाणिज्य संघले किसानलाई खुल्ला आह्वान गरेको छ । माटो परिक्षणकालागि किसानले आफ्नो बारिको बिभिन्न भागबाट विज्ञको सल्लाह अनुसार माटो ल्याउनु पर्नेछ ।

मुलुकमा आधुनिक प्रविधि भित्र्याएर प्रविधि प्रयोगको माध्यमबाट उत्पादन बृद्धि गर्नकालागि किसानलाई त्यसतर्फ आकर्षित गराउन संघले नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको छ । त्यस्तै मेलाका माध्यमबाट कृषिमा प्रविधिको प्रयोग, अर्गानिक उत्पादन जोड दिँदै आएको मेलामा कृषिमा व्यबसायिक बिकास र व्यबसायिक कृषि प्रणालीका माध्यमबाट उत्पादनमा बृद्धि गराएर मुलुकको आयात प्रतिस्थापन गराउने लक्ष्य लिएर संघले नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको संघका अध्यक्ष हमालले बताउनु भयो ।

६ दिनसम्म सञ्चालन गरिने मेलामा कृषिजन्य उत्पादन, कृषि उत्पादनमा प्रयोग हुने आधुनिक कृषि औजार, प्रविधि समेतको प्रदर्शनी तथा बिक्रि वितरणको व्यबस्था मिलाईएको संघका कार्यसमिति सदस्य तथा मेला प्रचार प्रसार उपसमितिका संयोजक करुण खनालले बताउनु भयो ।