Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • लालटिन उपभोक्ता पसलको उद्घाटन

    September 26, 2018


    वुटवल १०,असोज । नेपालमै सहकारीले सञ्चालन गरेको दोस्रो लालटिन उपभोक्ता पसलको बुधबार उद्घाटन गरिएको छ । लालटिन कृषि सहकारी संस्था लिमिटेडले बुटवल देविनगरमा सञ्चालन गरेको पसलको जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले एक समारोहका विच उद्घाटन गरेका हुन ।

    सो अवसरमा बोल्दै अध्यक्ष तुलाचनले उपभोक्तालाई फाईदा पुग्ने सञ्चालनमा आएको पसलको सफताको शूभकामना दिए । उनले उचित मूल्य, गुणस्तर र तौलको सामानले उपभोक्तालाई फाईदा पुग्ने बताए । बैशाख १ गतेदेखि लालटिन उपभोक्ता पसल सञ्चालन गरिएपनि उद्घाटन भने बल्ल गरिएको हो ।

    कार्यक्रममा प्रदेश सांसद तारा जिसिले सामूहिक फाईदाका हुने गरि सहकारीले समावाद उन्मुख कार्य गरेको बताईन । कार्यक्रममा बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मी, बुटवल वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला सहकारी संघ सञ्चालक सदस्य सन्दीप सापकोटा, विवेकशिल बचत तथा ऋण सहकारीका अध्यक्ष पुरुषोत्तम घिमिरे, मेचीकाली बहुउदेश्यीय सहकारी संघका अध्यक्ष बालराम भट्टराई, सहकारी विज्ञ डा. खगराज शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, रुपन्देही व्यापार संघका सचिव दया भण्डारी, एकता बचत तथा ऋण सहकारीका अध्यक्ष सावित्रा टण्डन, मालिका बचत तथा ऋण सहकारीका अध्यक्ष चित्र बहादुर बर्मा लगायतले बोलेका थिए ।

    नेपालका सहकारीहरुले बचत संकलन गर्ने र ऋण दिने कार्य मात्रै गर्दै आएकोमा सामूहिकतामा लाभ लिन सकिन्छ भन्ने उदेश्यले उपभोक्ता पसल सञ्चालन गरिएको अध्यक्ष गंगालाल सापकोटाले बताए । दैनिक उपभोग्य झन्डै ५ हजार प्रकारका खाद्य बस्तुहरुको विक्रि गर्दै आएको छ ।

    १ हजार ४ सय शेयर सदस्य रहेको सहकारीले बजारका अन्य पसलमा भन्दा १० देखि १५ प्रतिशतसम्म सस्तोमा सामान विक्रि गर्दै आएको जनाएको छ । कृषि उपजका साथै दैनिक उपभोग्य बस्तुको सुपथ तथा थोक मूल्यमा खरिद विक्रि हुँदै आएको छ । कार्यक्रम अध्यक्ष गंगालाल सपाकोटाको अध्यक्षता, सचिव राजु पौडेलको सञ्चालन एंव उपाध्यक्ष यज्ञप्रसाद उपाध्यायको स्वागतमा भएको थियो ।