Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • लेखा प्रणालीलाई व्यवस्थित गरौं : मुख्यमन्त्री

    December 5, 2018


    बुटवल, १९ मंसिर । मुख्यमन्त्री शंकर पोखरेलले लेखा प्रणालीलाई शुरुदेखि नै चुस्त र व्यवस्थित गर्नुपर्ने बताउनुभएको छ । उहाँले अहिलेदेखि नै व्यवस्थापनमा ध्यान दिदा पछि समस्या नपर्ने बताउनुभयो ।

    महालेखापरीक्षक कार्यालयको टोलीसंग बुधवार भएको छलफल तथा अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पोखरेलले चासो राखेर ठीक समयमा महालेखापरीक्षकको कार्यालयको टोली आएको र यसले लेखा प्रणाली व्यवस्थित गर्न सघाउ पुग्ने बताउनुभयो । कार्यालय व्यवस्थापन भए सुशासन कायम गर्न सहज हुने भन्दै उहांले प्रदेश सरकार कार्यालय व्यवस्थापनको समस्यामा परेको बताउनुभयो ।

    कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक प्रणाली तथा खर्च प्रणालीलाई चुस्त बनाउनुपर्ने र त्यसका लागि समन्वय आवश्यक भएको बताउनु भयो । शुरुदेखि नै समन्वय होस् भनेर आफूहरु छलफलमा आएको उहाँले बताउनुभयो ।

    प्रदेश सरकारका प्रमुख सचिव डा. तीर्थराज ढकालले प्रदेश कार्यपालिका र कार्य सम्पादन बारे जानकारी गराउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले प्रदेशको अर्थ व्यवस्था र योजना सञ्चालन अवस्थाबारे जानकारी गराउनुभयो ।