Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • न्यू लुम्बिनी ब्याडमिन्टन क्लवमा बोनिन पिया

    September 5, 2018


    बुटवल, २० भदौ । न्यू लुम्बिनी ब्याडमिन्टन क्लव बुटवलको सम्पन्न दोस्रो अधिवेशनले बोनिन पियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । १५ सदस्यीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दीपक अधिकारी, उपाध्यक्षमा नरेश श्रेष्ठ, महासचिवमा जीवन काफ्ले, कोषाध्यक्षमा बासु श्रेष्ठ निर्बिरोध निर्वाचित भएका छन् ।

    अधिवेशनको अवसर पारेर क्लवले आन्तरिक प्रतियोगिता समेत सञ्चालन गरेको थियो । क्लबमा आवद्ध खेलाडी सदस्यहरुलाई तीन समुहमा विभाजन गरि प्रतियोगिता गराईएको हो । प्रतियोगितामा समुह ए बाट दीपकसिंह अधिकारी र नारायण तिवारीको टिम प्रथम भएको छ । बिकाश हमाल र दिनेश प्रधानको टिमलाई २÷१ को सेटमा हराउदै अधिकारी र तिवारीको टिम समुह प्रथम भएको हो ।

    त्यसैगरि समुह बि बाट पवन सिमाङगैडा र सरदमान श्रेष्ठको टिम प्रथम भएको छ । गोबिन्द श्रेष्ठ र मोहन श्रेष्ठको टिमलाई २÷० को सोझा सेटमा हराउदै सिमाङगैडा र श्रेष्ठको टिम प्रथम भएको हो । समुह सि बाट देवीकुमार श्रेष्ठ र रामु रसायलीको टिम प्रथम भएको छ । बिमलराज भट्टराई र मन गुरुङको टिमलाई हराउदै श्रेष्ठ र रसायलीको टिम समुह प्रथम भएको हो ।

    क्लवका अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गर्नुभएको थियो । शिवनगर सामुदायिक बन कार्यालय परिसरमा रहेको व्याडमिन्टन कोर्डमा भएको प्रतियोगितामा तीन समुहबाट १५ टिमको सहभागिता थियो ।