मदाने गाउपालिकामा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

784

मदाने गाउपालिकामा निशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

 

गुल्मी १६, असोज ।  गुल्मी जिल्लाको दुर्गम ठाउँ सदरमुकाम देखि ३६ किलोमिटर पश्चिम् को मदाने गाउँपालिका पुर्कोट दह (६ को श्री पृथ्वी मा.बि को सभाहल मा डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सि को आयोजनामा फस्ट एइड तालिम सम्पन्न भएको छ ।उक्त फस्ट एइड तालिम गुल्मी सेबा समाज यु.ए.इ को सहकार्य तथा राज भण्डारी र किसोर के सीको संयोजनमा १६ वटा संघ सस्था आबद्ध, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधी, इलाका प्रहरी कार्यलय र अन्य ४६ वटा निजि र सरकारी बिधालयका प्रतिनिधि, स्थानीय क्लबका प्रतिनिधि, स्वास्थकर्मिहरु, महिला स्वंयसेबिका लगायतका १३२ जनालार्ई तालिम पश्चात् प्रमाणपत्र बितरण गरिएको छ ।

त्यस्तै सह आयोजक सस्थाहरुमा गुल्मी सेवा समाज युएई , मदाने गाउँपालिकामदाने, कृषि बिकास बैंक बैंकिङ कार्यालय पुर्कोटदह र गुल्मीको स्थापित शान्ति दीप युबा क्लबको विशेष ब्यबस्थापन रहेको थियो । त्यस्तै सहयोगी सस्थाहरुमा नेपाल रेडक्रस सोसाइटी पुर्कोट उपशाखा, नेपाल शिक्षक महासंघ मदाने गाउँपालिका, श्री पृथ्वी मा बि, श्री कङ्के देउराली निमावि, ब्राइट फ्युचर एकेडेमी , मदाने मालिका पोलिक्लिनिक, मदाने कङ्के देउराली मनि ट्रान्सफर,नमुना बजार ब्यबस्थापन तथा समाज सुधार समिती, कङ्के देराली बचत तथा ऋृण सहकारी सस्था, जागरुक वैदेशिक लगानी तथ बचत सस्था युएई , गेट गेउजिनियस व्युटि सलोन एल एल सि र श्री टिमुरखर्क निम्नमाध्यमिक बिद्यालय रहेका थिए ।

उक्त कार्यक्रममा मदाने गाउपालिका वडा नं. ६ का वडाध्यक्ष तोकम कुँवर , शान्ति दिप युवा क्लबका सस्थापक अध्यक्ष खिमबहादुर कुँवर, कृषि बिकास बैंक पुर्कोटदहका शाखा प्रबन्धक वीर बहादुर जि सी , बिद्यालय निरीक्षक तुबलाल सापकोटा, वडाध्यक्षहरु नारायण घर्ती, भिम प्रसाद भट्टराई , हिमाल खड्का , शिक्षक महासंघ मदाने गाउँपालिकाका अध्यक्ष बोमबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी उपशाखा पुर्कोटका सभापति ढाल बहादुर राउत ,कान्तिपुर टेलिभिजनका पाल्पा सम्बाददाता माधब अर्याल र पाल्पाली सेबा समाज यु ए इ का अध्यक्ष (बेद प्रसाद अर्याल लगायतले कार्यक्रम सफलताको शुभकामना र सहयोगि सवैलाई धन्यवाद दिएका थिए । तालिमका प्रशिक्षक ओम उप्रेती सहितको टोलिले १५ प्रकारका आकस्मिक बिरामीको प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

चक्र बहादुर कुवँरकोे सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई हेमन्त पौडेलले स्वागत र शान्तिदिप युवा क्लबका सस्थापक सचिब राजेन्द्र थापाले सञ्चालन गर्नुभएको थियो ।