क्वाटर फाईनलका खेल सम्पन्न

935

क्वाटर फाईनलका खेल सम्पन्न

बुटवल, २६ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका मण्ग्रिाममा रहेको न्यू ईन्भाईरमन्ट बोर्डिङ् स्कुलको रजत महोत्सवको पूर्व सन्ध्यामा आयोजना गरिएको प्रथम ईन्भाईरमन्ट अकआउट क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार क्वाटर फाईनलका खेल सम्पन्न भएका छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको पहिलो खेलमा लिटिल प्याराडाईज १ सय रनले विजयी भएको छ । टस जितेर व्याटिङ गरेको लिटिलले पुरा ओभर खेल्दै १ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । १४५ रनको लक्ष्य पछउँदै जवाफी व्याटिङ गरेको होराईजन जिविएस १० दशमलव २ ओभरमा अल आउट हुँदै ४३ रनमा समेटिएको थियो । लिटिलका १ सय २ रन जोडेका रोषन पछाई म्यान अफ द म्याच भए ।

त्यस्तै दोस्रो खेलमा काँशी नोबेल ऐकेडेमी २१ रनले विजयी भएको छ । टस हारेर पहिले फिल्डीङ गरेको काँशी नोभलले सवै ओभर खेल्दै ९४ जोडेको थियो । ९५ रनको लक्ष्यका साथ मैदानमा उत्रेको शान्ती नमुनाले ६३ रनमा अल आउट भयो । उक्त खेलमा काँशीका सेजाव आलम म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै तेस्रो खेलमा पामिरलाई २३ रनले हराउँदै न्यू मुन विजयी भएको छ । टस जितेर व्याटिङ गरेको न्यू मुनले सवै ओभर खेल्दै ८४ रन बनायो । जवाफी व्याटिङमा पामिरले सवै विकेट गुमाउँदै ६१ रनमा समेटिएको थियो । न्यु मुनका सुजन भण्डारी म्यान अफ द म्याच भए । प्रतियोगिताको अन्तिम खेलमा नबज्योति बोडिङलाई २९ रनले हराउँदै सिद्धार्थ बोडिङ विजयी भएको छ । टस जितेर व्याटिङ गरेको सिद्धार्थले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ८५ रन जोडेको थियो । ८६ रनको लक्ष्य पछ्याएको नवज्योति ८ दशमवल २ ओभरमा अल आउट हुँदै मात्र ५६ रनमा समेटियो । सिद्धार्थका अनुज पौडेल म्यान अफ द म्याच भए ।

प्रतियोगितामा रुपन्देही जिल्लाका १६ बिद्यालय सहभागि थिए । बिद्यालयले आफ्नो रजत महोत्सव माघ १९ गते मनाउँदै छ । विद्यालयले आफ्नो रजत महोत्सव माघ १९ गते मनाउँदै छ । क्रिकेट प्रतियोगितामा रूपन्देहीका १६ विद्यालय सहभागी छन् । प्रतियोगिता अन्तर्गत विहिबार सेमिफाईनलमा सिद्धार्थ र लिटिल तथा दोस्रो खेलमा कासी नोबेल र न्यू मुन एकेडेमीका बीच खेल हुने बिद्यालयले जनाएको छ ।