Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • लुम्विनी हेर्न पाउंदा हर्षित छु : राष्ट्रपति माइन्ट

    August 29, 2018


    भैरहवा, १३ भदौ । म्यानमारका राष्ट्रपति विन माइन्टले लुम्विनी हेर्न पाउदा अत्यन्त हर्षित भएको र आफ्नो जीवनको पहिलो खुशीको क्षण भएको सन्देश व्यक्त गर्नुभएको छ । नेपाली टोलीको विशेष सम्मान र सुरक्षाका साथ बुधवार विश्व शान्तिका अग्र्रदूत गौतम बुद्धको जन्मस्थल लुम्विनी अवलोकन पश्चात राष्ट्रपति माइन्टले लुम्विनी विकास कोषको भिभिआइपी आगन्तुक पुस्तिकामा उक्त कुरा लेखेर हस्तारक्षर गर्नुभएको छ ।

    उहाँले सुरुको वाक्यमा लुम्विनी भ्रमण पहिलो भएको र अत्यन्तै हर्षित भएकोे लेख्नुभएको छ भने लुम्विनीको संरक्षणमा विशेष योगदान पुर्याएकोमा युनेस्कोलाई समेत धन्यवाद दिनुभएको छ । त्यसैगरी उहाँले नेपाल सरकार, नेपाली जनता र लुम्विनी विकास कोषलाई समेत धन्यवाद दिनुभएको छ ।

    लुम्विनीमा राष्ट्रपतिका साथमा धर्मपत्नी चो चो लगायत म्यानमारका विशिष्ट अन्य २८ जना भ्रमण दलमा सहभागी थिए । परराष्ट्र मन्त्रालयले उक्त टोलीका लागि काठमाण्डौंदेखि जहाज र हेलिकप्टर चार्टर गरी लुम्विनी भ्रमणमा पठाएको हो । धर्मपत्नीका साथ उहाँले लुम्विनीमा पुजा समेत गर्नुभएको थियो । विशेष अभिरुची पुर्वक लुम्विनीको अवलोकन गर्नुभएका राष्टपति माइन्टले त्यस अवसरमा म्यानमारले बनाएको अत्याधुनिक पण्डिताराम ध्यान केन्द्रको समेत उदघाटन गर्नुभयो ।

    राष्ट्रपतिले मायादेवी मन्दिरको भित्र र बाहिर रहेका भग्नावशेषलाई गहिरोढंगले विशेष अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो । भ्रमण टोलीलाई मन्दिरको दक्षिणपट्टि रहेको पुष्करणी पोखरीको किनारमा लुम्विनीमा हालसम्म भएको विकास र गुरुयोजनाको प्रगतीबारे संक्षिप्त जानकारी दिएको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन वस्नेतले जानकारी दिनुभयो ।

    विशेष सुरक्षा र स–सम्मान लुम्विनी भ्रमण गराएर अपरान्ह काठमाण्डौं लगिएको संघीय प्रहरी इकाई कार्यालय रुपन्देहीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र ढकालले बताउनु भयो ।