Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यको सूचिमा राख्न सुझाव

    October 9, 2017


    बुटवल, २३ असोज । नेपालमा मानसिक रोगीहरुको संख्या धेरै भएपनि खुल्न नचाहदा समस्या बढ्दै गएको विज्ञहरुले बताएका छन् । हरेक ५ जना व्यक्तिमा एक जना मनोरोगी हुने गरेकाले यसको समाधानका लागि सरकारले मानसिक रोगलाई आधारभुत स्वस्थ्य सेवामा राख्नुपर्ने बताएका छन् ।

    विश्व मानसिक स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा लालीगुरास नशा तथा मनोरोग क्लिनिक र जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा सोमबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले मानसिक रोगीको संख्या न्युनिकरणका लागि मानसिक रोगलाई आधारभुत स्वस्थ्य सेवामा राखेर निशुल्क सेवा दिनुपर्ने उनिहरुले सुझाव दिएका हुन । यो वर्ष ‘कार्यस्थलमा मानसिक स्वस्थ्य’ नारासहित मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस मनाईँदै छ ।

    कार्यक्रममा जिल्ला जनस्वस्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदारले मानसिक स्वास्य समस्या निदानका लागि सरकारले नीतिगत रुपमा व्यबस्था गरेर मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यको सूचिमा राख्नकालाई अहिले केही जिल्लामा पाईलट प्रोजेक्टको रुपमा कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।

    लालीगुरास नशा तथा मनोरोग क्लिनिकका मनोरोग विशेषज्ञ डा.विक्रम काफले, मनोविज्ञ डा.मनोज ढुङ्गाना, मनोविज्ञ डा. यशोधा बगालेले नेपालमा पनि मनोरोगीहको संख्या बढ्दै गएकाले सचेतना जगाउने काम स्थानिय निकायबाट गरिनुपर्ने बताए । कार्यक्रममा आम्दा अस्पतालका बालरोग विशेषज्ञ डा.सन्तोष पोखरेल, सुनगाभा सामुदायिक विकास केन्द्रका मनो परामर्शकर्ता अमृता थापा लगायतले बोलेका थिए ।