नेपालमा मनसुन भित्रिएपनि सक्रिए हुन सकेन

540

नेपालमा मनसुन भित्रिएपनि सक्रिए हुन सकेन

बुटवल, २९ जेठ । नेपालमा साविक भन्दा दुई दिन अगावै मनसुन सुरु भएको छ । सामान्यतयाः नेपालमा जुन १० मा मनसुन सुरु हुने गर्दछ । यो वर्ष नेपालमा ८ जुनमै पूर्वी भागबाट मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपाली मिती अनुसार गत शुक्रबार पूर्वी भागबाट नेपालमा मनसुन प्रवेश गरेको हो ।

यद्यपी मनसुन नेपाल प्रवेश गरेको एक हप्ता हुन लागेपनि राम्रोसंग सक्रिय हुन सकेको छैन । केही क्षेत्रमा प्रवेश गरेको मनसुन पश्चिमसम्म फैलिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । यो चार महिनाको समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । यो वर्ष नेपालका अधिकांश भुभागमा मनसुनी वर्ष सददर हुने अनुमान गरिएको छ ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशत देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । त्यस्तै त्यसभन्दा कम र बढि वर्षा भएमा न्युन वा अधिक वर्षा भएको मानिन्छ ।

त्यस्तै विगत केहि दिन देखि उत्तरी बंगालको खाडीमा बिकसित न्यूनचापीय प्रणाली सोमबार प्रवेस गरेको छ । यो प्रणाली उत्तरर्पुवी दिशा तर्फ सर्दै जाने तथा बिस्तारै कमजोर हुदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली कमजोर भएसंगै नेपाल तिर जलाबास्प युक्त हावाको प्रवाह बढ्ने देखिन्छ । यसै कारणले सोमबारदेखि नै नेपालका पूर्वी भागमा मौषम बदली भइ हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।