Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • ‘मेडिकल बायोकेमेष्ट्री’ पुस्तक बजारमा

    March 28, 2019



    बुटवल, १४ चैत । स्वास्थ्य बिज्ञान अध्ययन गर्ने बिद्यार्थीलाई लक्षित गरेर प्रकाशित ‘मेडिकल बायोकेमेष्ट्री’ पुस्तक बजारमा आएको छ । एमबिबिएस, बिडिएस, बिएमएलटी, बि फार्मेसी, बिएससी बायोकेमेष्ट्री, बिपिएच, बिएससी नर्सिङ् लगायत हेल्थ साईन्समा डिप्लोमा गर्ने बिद्यार्थीलाई लक्षित गरेर रुपेन्द्र शाक्यको ‘मेडिकल बायोकेमेष्ट्री’ पुस्तक समिक्षा पब्लिकेशन प्रालीले प्रकाशन गरेको हो ।

    एमएससी मेडिकल बायोकेमेष्ट्री अध्ययन पुरा गर्नुभएका शाक्यले बिभिन्न स्थानमा कार्यानुभव गरि पहिलो पुस्तक प्रकाशन गर्नुभएको हो । यस अंगाडी उहाँले अन्तर्राष्ट्रिय स्तरका तीन वटा जर्नल समेत प्रकाशित गरिसक्नुभएको छ ।

    बुटवल सुख्खानगर निवासी शाक्यले प्रकाशन गर्नुभएको उक्त पुस्तक पाठ्यक्रममा आधारित रहेको उहाँले जानकारी गराउनु भयो ।