तिलोत्तमा औद्योगिक व्यापार मेलाको तयारी पुरा

819

तिलोत्तमा औद्योगिक व्यापार मेलाको तयारी पुरा

तिलोत्तमा, ५ मंसिर । तिलोत्तमाको मणिग्राममा तिलोत्तमा औद्योगिक औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव हुँदैछ । मेलाको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले बिहिबार उद्घाटन गर्नुहुनेछ । मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिका संयोजक तथा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तिलोत्तमाका अध्यक्ष सत्यव्रत ज्ञवारीले जानकारी दिनुभयो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन तिलोत्तमाको मुख्य आयोजना तथा जिल्लाको आयोजना र तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा व्यापार संघ तथा तिलोत्तमा नगरपालिकाको सहआयोजनामा हुन लागेको मेलाको तयारीको बारेमा जानकारी गराउन बुधबार मेला स्थलमा पत्रकार सम्मेलन गरिएको थियो ।

पत्रकार सम्मेलमा मेला संयोजक ज्ञवालीले मेलाको सम्पूर्ण तयारी पुरा गरिएको र साढे ३ सय स्टल सहभागिता रहने जानकारी गराउनु भयो । यहि मंसिर १८ गतेसम्म चल्ने मेलामा बिभिन्न प्रतियोगिता र अन्तरक्रियाका कार्यक्रमहरु राखिएको संगठनका रुपन्देही जिल्ला अध्यक्ष नारायण भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको उद्योग, व्यापार, कृषि र पर्यटन पर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा त्यस क्षेत्रका पर्यटकीय गन्तव्यको समेत फोटो प्रदर्शनी गरिने छ भने पाल्पा, गुल्मी र स्याङ्जाको संगम रुरु, रेसुङ्गा र पाल्पाको रानीमहलको नमुना प्रदर्शन गरिने नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्ष नारायण भण्डारीले जानकारी गराउनु भयो ।

त्यस्तै लुम्बिनी र बुद्धका कला, थारु होमस्टे प्रदर्शन गरिने छ । मेलामा बिभिन्न प्रतियोगिता, लुम्बिनी दर्शन यात्रा लगायतका कार्यक्रम तय गरिएको संगठनका महासचिव अनिल ज्ञवालीले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा मेला निर्देशक समितिका सदस्य जेपि कंडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।