शाइन रेसुङ्गा बैंकमा ‘मेरो बचत खाता’

792

शाइन रेसुङ्गा बैंकमा ‘मेरो बचत खाता’

बुटवल, बैशाख । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ‘मेरो बचत खाता’ कार्यक्रम ल्याएको छ । प्रत्येक नेपालीलाई बैंकमा खाता खोल्न अभिप्रेरित गर्नकालागि ‘मेरो बचत खाता’ कार्यक्रम सुरु गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो ।

बैंकको ‘खोलौं बैंक खाता अभियान २०७६’ लाई सफल बनाउनकालागि ‘मेरो बचत खाता’ ल्याएको हो । यहि बैशाखको १ गतेदेखि लागु भएको ‘मेरो बचत खाता’ बैंकले सय रुपैंया जम्मा गरिदिनेछ । ग्रामिण क्षेत्रको बैंकिङ् कारोवारलाई जोड दिएको शाइनले ‘मेरो बचत खाता’ सरल प्रकृयाबाट खोल्न सकिने जनाएको छ ।

बैंकका अधिकांश शाखा कार्यालयहरु ग्रामिण क्षेत्रमा रहेकाले ग्रामिण जनतालाई बैंकिङ् सेवा पु¥याउन र प्रत्येक व्यक्तिलाई प्रत्यक्ष रुपमा आर्थिक कृयाकलापमा सहभागि बनाउने उद्देश्यले ‘मेरो बचत खाता’ नयाँ कार्यक्रम सञ्चालन गरिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनु भयो ।