मिस बुटवल नेपाल हुँदै

541

मिस बुटवल नेपाल हुँदै

बुटवल, असोज । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा पहिलो पटक मिस बुटवल नेपाल २०१८ हुने भएको छ । बुधबार द नेक्स रेभुलेसन नेपालले बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको फर्म सार्वजनिक गरेको हो ।

सोही अवसरमासौन्र्दय प्रतियोगीता प्रतिको नकरात्मक भ्रमहरुलाई चिर्दै समाजका उदाहरणहरु उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था रिभोलुसन नेपालका कार्यकारी निर्देशक राजिव खनालले बताउनु भयो ।विजेताले द हिडेन ट्रेजर नेपाललले सञ्चालन गर्ने मिस नेपालमा सिधै प्रतिस्प्रधा गर्न पाउने द हिडेन ट्रेजर नेपाललका लगानीकर्ता तथा पूर्व अध्यक्ष सुवर्ण क्षेत्रीले बताउनु भयो ।

फर्म सार्वजनिक गर्दै द नेक्स रेभुलेसन नेपालका कार्यकारी निर्देशक खनालले खनालले मंसिर २ गतेबाट कलेज भ्रमण, मंसिर ८÷९ मा अडिसन र त्यसपछि फाईनल २५ प्रतिस्पर्धीलाई तलिमको लागी छनोट गर्ने बताउनु भयो ।

मिस नेपालका प्रशिक्षक महेश दाहाल, पूर्व मिस नेपालकी जज तथा गाईनोकोलोजिस्ट ज्योति राना, मिस नेपालकी कोरीयोग्राफर रचना गुरुङ, महिला अधिकार कर्मीतथा महिला युवा प्रशिक्षक उषा मल्ल सिंह, युथ स्पीकर रोहित मल्ल लगाएतका प्रशिक्षकले प्रशिक्षण गर्ने आयोजकले जानकारी दिएको छ ।

करिब १ महिना चल्ने कार्यक्रमको फाईनल पुसको ७ गते हुने छ । कार्यक्रमको सञ्चालन रेभुलेसनकी शुरक्षा चापागाईंले गरेकी थिईन् । प्रतियोगितामा १९ देखि २५ वर्ष उमेर समुहका युवतीहरुले प्रतिस्पर्धा गर्ने छन् ।