Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • ‘मिस वेष्टर्न’को अडिसनबाट १५ जना छनौट

    November 27, 2018


    बुटवल, ११ मंसिर । नेक्स्ट रिभोलुसन नेपालले सञ्चालन गरेको ‘मिस वेष्टर्न’को अडिसन सम्पन्न भएको छ । सोमबार बुटवलको एभरेष्ट ईन्टरनेशनल होटलमा भएको अडिसनमा ४० जना सहभागि थिए । मिस वेष्टर्नको छनौटकालागि भएको अडिसनबाट १५ जना छनौट गरिएको नेक्स्ट रिभोलुसन नेपालका प्रवन्ध निर्देशक राजिव खनालले जानकारी दिनुभयो ।

    ‘मिस वेष्टर्न’ छनौटकालागि भएको अडिसनमा अध्ययन, दक्षता, व्यक्तित्व, शारीरिक स्वस्थ्यता, उसको प्रस्तुती लगायतका आधारमा छनौट गरिएको मुख्य निर्णायक आलोक भट्टराईले जानकारी गराउनु भयो ।

    छनौट भएकालाई बुधबारबाट तालिम राउन्ड सुरु हुनेछ । तालिममा लिडसशिल, मोटिभेसनल (उत्प्ररणा), महिला सम्बन्धि कानुन, सूचना प्रविधि, व्यक्तित्व बिकास, महिला प्रजनन्, ¥याम वाक, कोरियोग्राफी लगायत बिषयमा बिषयविज्ञले प्रशिक्षण गर्नेछन् । तत्पश्चात मिस ट्यालेन्ट, मिस कन्फिडेन्ट, मिस फोटो जेनिक, सेकेन्ड रनरअफ, फस्ट रेनर अफ हुँदै विनर छनौंट गरिने प्रवन्ध निर्देशक खनालले जानकारी दिनुभयो ।

    ‘मिस वेष्टर्न’की विजेता (विनर)ले द हिडन ट्रेजरले सञ्चालन गर्ने मिस नेपालमा सोझै प्रतिस्पर्धा गर्न पाउने छन् भने नगद सहित आकर्षक उपहार समेत प्रदान गरिने उहाँले जानकारी गराउनु भयो ।