बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

648

बुटवलमा पहिलो पटक मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुँदै

बुटवल, २७ मंसिर । बुटवलमा पहिलो पटक प्रदेश स्तरीय मुख्यमन्त्री कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुटवल व्याडमिन्टन क्लवको आयोजनामा आगामी पुसको १ गतेदेखि तीन दिने प्रदेश पाँच स्तरीय मुख्यमन्त्री कप खुल्ला व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

२०६७ सालमा स्थापना गरिएको बुटवल व्याडमिन्टन क्लवले यस अंगाडी प्रत्येक वर्ष पुसको १, २ र ३ गते पश्चिमाञ्चल क्षेत्रीय प्रतियोगिता गर्दै आएकोमा मुलुकको परिवर्तीति संघीय संरचना अनुसार प्रदेश स्तरीय प्रतियोगिता गर्न लागिएको क्लका अध्यक्ष रमेशबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगिताको बारेमा जानकारी गराउन बिहिबार क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले खेलको बिकास गरि खेलाडीलाई अवसर सिर्जना गर्न र खेलका माध्यमबाट प्रदेशलाई चिनाउनकालागि पनि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।

मेन्स सिंगल, मेन्स डवल, मेन्स भेट्रान्स र खुल्ला मेन्स डलव गरि चार बिधामा खेलाईने प्रतियोगितामा पहिलो दर्ताका आधारमा १३० टिमलाई सहभागि गराईने प्रतियोगिताका संयोजक तथा क्लवका तृतीय उपाध्यक्ष नलराज नेपालले जानकारी गराउनु भयो ।

प्रतियोगितामा मेन्स सिंगल तर्फ प्रथम हुनेलाई ३० हजार रुपैंया, द्वितीय हुनेलाई २० हजार रुपैंया र तृतीय हुनेलाई १० हजार रुपैंया, मेन्स डवल तर्फ प्रथम हुनेलाई ५० हजार रुपैंया, द्वितीयलाई ३० हजार रुपैंया र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी मेन्स भेट्रान्स तर्फ प्रथम हुनेलाई ३० हजार रुपैंया, द्वितीय हुनेलाई २० हजार रुपैंया र तृतीय हुनेलाई १० हजार रुपैंया तथा खुल्ला मेन्स डलव तर्फ प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार सहित मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिने क्लवका सूचना तथा जनसंम्पर्क संयोजक ध्रुवबिक्रम शाहले जानकारी गराउनु भयो ।

त्यस्तैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, अनुशासित खेलाडी र उदियमान खेलाडीलाई पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । प्रदेश पाँचका १२ जिल्लाका क्लव र विभागीय टिम सहित ख्याती प्राप्त खेलाडीले प्रदर्शन गर्ने खेलमा खेल अवधिभर करिव १० हजार बढीले खेलको अवलोकन गर्ने क्लवका सचिव शम्भु भट्टराईले जानकारी गराउनु भयो ।

बुटवल व्याडमिन्टन क्लवको बुटवल ११ पवित्रनगर माझगाउँ स्थित नवदिलिप कवर्ड हलमा प्रतियोगिता हुनेछ । चार विधा मध्ये मेन्स सिंगल मेन्स डवल र मेन्स भेट्रान्स प्रदेश स्तरीय हुनेछ भने त्यस बाहेक खुल्ला मेन्स डवलमा प्रदेश बाहिरका खेलाडी समेत सहभागि हुन पाउने क्लवले जनाएको छ ।