Friday 19th July 2019
  • New title for a=>html, img=>alt
  • महिला पछी पर्दा सिंगो मुलुक पछाडी

    March 26, 2019


    बुटवल, १२ चैत । लुकी लुकी सदस्यता बितरण गर्ने परिपार्टीले पार्टीलाइ कमजोर बनाउने नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । नेपाल महिला संघ रुपन्देहीले बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने केन्द्रिय तथा जिल्ला तहका नेताहरुले केन्द्रदेखि वडा तहसम्मकै नेतृत्वले सबैलाइ समेटेर अगाडी बढ्नु पर्नेमा जोड दिएका हुन् ।

    कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रिय सदस्य डिला संग्रौलाले पार्टीमा आबद्ध महिलाहरुलाई सक्षम र सवल बनाउन नसके त्यसले पार्टीलाइ नै कमजोर बनाउने बताउनु भयो । नेपाल महिला संघकी निर्वतमान सभापती समेत रहेकी संग्रौलाले महिलालाई नेता नमान्ने प्रवृत्तिको अन्त्य गर्दै पार्टीको नेतृत्व तहमा महिलालाई पुराउन जागरण अभियान थाल्ने बताउनु भयो ।

    महिला पछाडी पर्दा राजनीतिक पार्टी मात्रै नभइ सिंगो मुलुक नै पछाडी पर्ने भन्दै उहाँले महिला सशक्तिकरणका लागि जागरण अभियान आवश्यक भएको उल्लेख गर्नुभयो । बर्तमान अवस्थामा पार्टी भित्र नभइ देशमा बढदै गइरहेको दण्डहिनता, असुरक्षा, भ्रष्टाचार, महंगी जस्ता बिक्रिती बिरुद्ध महिलाहरु संघर्षमा उत्रनु पर्ने बेला आएको प्रतिनिधि सभा सदस्य समेत रहेकी नेता संग्रौलाले बताउनु भयो ।

    नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नेपाल महिला संघ बलियो बने सिंगो पार्टी बलियो हुने बताउँदै त्यसकालागि वडा देखि केन्द्र सम्मै एकजुट भएर महिलाहरु नेतृत्व र क्षमता विकासमा अगाडी बढनु पर्ने खाँचो औल्याउनु भयो । कार्यक्रममा बोल्दै प्रदेश सभासदहरु रमा अर्यालय र पुष्पा चौधरीले मुलुकमा दण्डहिनता मौलाउदा महिला तथा बालबालिका माथिको हत्या हिंसाका घटना बढीरहहेको बताउँदै भिजन र मिसन दुवै नभएको ओली सरकारबाट विकास र समृद्धि सम्भवन नभएको उल्लेख गर्नुभयो ।

    नेपाली काँग्रेस महासमिति सदस्य युवराज गीरी र बालकुमारी भण्डारीले काँग्रेस कमजोर बन्दा देश नै कमजोर हुने भएकाले पार्टीलाई बलियो बनाउन सबैलाई समेटर अगाडी बढनु पर्नेमा जोड दिनुभएको थियो । नेपाल महिला संघका रुपन्देही सभापती गंगा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, केन्द्रीय सदस्य गीरीजा न्यौपाने, रमा खड्का, रिता सेन, बाला घिमीरे, राधा ज्ञवाली लगायतले बोल्दै पार्टी भित्रको गुट–उपगुटको प्रवृत्तिलाइ महिला संघमा प्रवेस गर्न दिन नहुनेमा जोड दिनुभएको थियो ।