Tuesday 20th November 2018
  • New title for a=>html, img=>alt
  • फेसबुक सञ्जल एन.बि.आर.द्वारा अपाङ्ग आश्रममा तीज कार्यक्रम

    September 6, 2018


    बुटवल, २१ भदौ । विश्वभरी छरिएर रहेका नेपाली युवा–युवतीको फेसबुक सञ्जाल (नेपलीज ब्रदर्श रुम, एन.बि.आर.) तेस्रो बार्षिकोत्सव तथा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको समेत अवसर पारेर बुटवल देवीनगर स्थित नेपाल अपाङ्ग आश्रममा दर खाने कार्यक्रम गरेको छ । सञ्चालनले दर खाने कार्यक्रम सहित रमाईलो तीज कार्यक्रम समेत गरेको थियो ।

    त्यसअवसरमा संस्थाको बारेमा जानकारी दिँदै सञ्जालका सदस्य राजु टण्डनले विश्वभरी छरिएर रहेका नेपाली दाजुभाई दिदी बहिनीलाई एउटै सुत्रमा बाध्नुको साथै आवश्यक परेका बेला राष्ट्रकालागि समेत योगदान गर्न सकिने गरी सञ्जाल अंगाडी बढेको जानकारी दिनुभयो ।

    त्यस्तै नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोरबहादुर रामदामले संस्थाले अपाङ्गता भएका अनाथ बालबालिकासंग दर खाने कार्यक्रम गरेर संस्थाले स्रहानीय काम गरेको बताउनु भयो । उहाँले आगामी दिनमा समेत यसैगरी सहयोग र आपसी भाईचार अभिबृद्धि हुने कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

    एन.बि.आर.ले पाल्पा, नवलपरासी, चितवन, काठमाण्डौ, कैलाली, पोखरा लगायत बिभिन्न मुलुकहरु दुबई, कतार, साउदी, अमेरिकाका विभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरि तेस्रो वार्षिकोत्सव मनाईरहेका छन् । तीन वर्ष अंगाडी ५ जना युवाको अग्रसरतामा सुरु भएको नेपलीज ब्रदर्श रुममा हाल ५१ हजार सदस्य रहेको सञ्जाल सदस्य टण्डनले जानकारी दिनुभयो ।