नेवि संघको स्थापना दिवसमा बालबालिकालाई शैक्षिक सामग्री

728

नेवि संघको स्थापना दिवसमा बालबालिकालाई शैक्षिक सामग्री


कपिलवस्तु । नेपाल विद्यार्थी संघको  स्थापना दिवसको अवसरमा विपन्न विद्यार्थीहरुका लागि शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल विद्यार्थी संघको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पसका ईकाई कार्य समितिले बाणगंगा नगरपालिका वडा नम्बर ८ चप्पर गाउँमा अवस्थित सूर्योदय प्राथमिक विद्यालय र वरकतिया प्रावि शिसेनीका मा अध्ययनरत ६० जना गरिव,दलित, विपन्न र जेहन्दार विद्यार्थीलाई झण्डै १ लाख रुपैयाँ बराबरका झोला, कपि, इरेजर सापनर लगायतका शैक्षिक सामग्री वितरण गरेकोे विद्यार्थी नेता राममणि पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्रि तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र राज आचार्यले शिक्षामा राज्यको धेरै लगानी भएपनि उपलव्धी पर्याप्त नभएको गुनासो गर्नुभयो । शिक्षामा राज्यले पर्याप्त लगानी गदै व्यवस्थापनको क्षेत्रमा उचित ध्यान दिनुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेको आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि सबैले पहल थाल्नुपर्ने बताउनु भयो । साथै आर्थिक अभावको समस्यामा रहेका विपन्न बालबालिकाहरुका लागि यस किसिमको कार्य गरेर नेपाल विद्यार्थी संघले सरकारले गर्न नसकेको उदाहरणीय काम गरेको बताउनु भयो ।

यस्तै नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले विद्यार्थीहरु भविष्यका कर्णधार मात्रै नभएर बर्तमानका पनि साझेदार रहेको धारणा राख्नु भयो । उहाँले केहि सरकारी सामुदायिक विद्यालयहरुले गैरकानुनी रुपमा विद्यार्थीहरुबाट रकम अशुली गरिरहेको भन्ने जानकारी आफुहरु समक्ष आएको भन्दै अब त्यस्ता विद्यालयहरु विरुद्ध नेविसंघले कदम चाल्ने बताउनुभयो । साथै नेविसंघ सदैव जनताका साथमा रहेको र विद्यार्थी मात्र हैन समाजका घाउमा सुख दुखमा मलम लगाउने नेविसंघ मात्र भएको बताउनु भयो।

अहिलेको बर्तमान सरकारले सधैव हावादारी गफ गरेर जनतालाई झुक्काउने गरेको बताउदै सस्तो र सर्वसुलभ शिक्षा नारामा सिमित गराउदै यो सरकारले गरिब निमुखा जनता र तिनिहरुका छोराछोरी लाई शिक्षा दिछ्या बाट बन्चित गरेको बताउदै अब यसका विरुद्धमा समेत नेविसंघले आवाज उठाउने बताउनु भयो ।

नेपाल तरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरीले नेपाल विद्यार्थी संघ र तरुण दलले आपसी सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै थप सक्रियताका साथ यस किसिमका कार्यक्रमहरुमा खटिन विद्यार्थी नेताहरु समक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सहसंयोजक तारावती चौधरी, महासमिति सदस्यद्धय दुर्गा सेन र हरिराज घिमिरे, जिल्ला प्रवक्ता रवि काफ्ले, नेपाली कांग्रेशका क्षेत्रीय सभापति तथा बुद्धभुमि नगरपालिकाका मेयर केशब कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि छविलाल नेपाली, वाणगंगा क्याम्पसका स्ववियु सभापति माधव पौडेल, सुर्याेदय प्राविका अध्यक्ष भीम प्रसाद सापकोटा र प्रधानध्यापक धर्मराज भटराई, नेविसंघका जिल्ला उपसभापति संकर न्यौपाने, समाजसेवि कृष्ण चन्द्र पन्थी, नेपाली कांग्रेसका क्षेत्रीय सचिव प्रेम नारायण पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।

नेपाल विद्यार्थी संघ सिद्धार्थ क्याम्पसका इकाई सभापति वुद्धि बहादुुर रोकाया दिनेशको सभापतित्वमा भएको कार्यक्रम नेविसंघ सिद्धार्थ क्याम्पसका इकाई उपसभापति मीन थापाको स्वागत तथा नेविसंघ नेता गोविन्द आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।