नेपाल बजार बिक्रि प्रतिनीधि संघको स्थापना दिवसमा रक्तदान

582

नेपाल बजार बिक्रि प्रतिनीधि संघको स्थापना दिवसमा रक्तदान


बुटवल, १७ जेठ । नेपाल बजार बिक्रि प्रतिनीधि संघको १९ औं स्थापना दिवसको अवसरमा शुक्रबार बुटवलमा रक्तदान गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा भएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान कार्यक्रम गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले संघले स्थाना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरि सामाजिक उत्तर दायित्व बहन गरेको भन्दै कार्यक्रमलाई निरन्तर रुपमा अंगाडी बढाउन आग्रह गर्नुभयो । उहाँले उद्योग प्रतिष्ठानमा काम गर्ने बजार प्रतिनीधिहरुको संस्थाले राम्रो काम गर्दै अंगाडी बढेको सुन्दा खुसी लागेको र यो संस्थासंग समन्वय र सहकार्यकालागि उद्योग बाणिज्य संघ तयार रहेको बताउनु भयो ।

संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष युवराज खनालले संघ अहिले केन्द्रीय अधिवेशनको संघारमा रहेको बताउँदै उक्त अधिवेशनमा सबैलाई सहभागि हुन आग्रह गर्नुभयो । नेपाल बजार बिक्रि प्रतिनीधि संघको यहि जेठ २४ र २५ गते बुटवलमा राष्ट्रिय अधिवेशन हुँदैछ । संस्थाले प्रत्येक वर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रम गर्दै आएको र यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिईने नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनी अञ्चल समिति बुटवलका अध्यक्ष मुरारीराज भण्डारीले बताउनु भयो ।

संस्थाका सदस्य अमर बस्नेतले रगतको अभाव हुँदा रक्त सञ्चार सेवा केन्द्रको आग्रहमा नियमिति बाहेक पनि केन्द्रमा आई रक्तदान गर्दै आएको र संस्थाको बार्षिक कार्यक्रम अनुसार स्थापना दिवसमा रक्तदान कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वमणी भुसालले गर्नुभएको थियो । संस्था स्थापना दिवसको अवसरमा शुक्रबार देशभर २० शाखामा रक्तदान कार्यक्रम भएको संघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पन्थीले बताउनु भयो ।