नेपलीज सेफ फेडरेसनको प्रदेश समिति गठन : नेपाली खानाका परिकार ब्राण्डिङ्मा जोड

1.2K

नेपलीज सेफ फेडरेसनको प्रदेश समिति गठन : नेपाली खानाका परिकार ब्राण्डिङ्मा जोड

बुटवल, ५ चैत । ग्लोवल नेपलीज सेफ फेडरेसनको पाँच नम्बर प्रदेश स्तरीय समिति गठन गरिएको छ । सोमबार बुटवलमा भएको होटलमा काम गर्ने कुकहरुको भेलाले श्रीराज तिमिल्सेनाका अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा भोजबहादुर थापा, महासचिवमा पुष्पराज पन्त, सचिवमा देवेन्द्र भण्डारी र कोषाध्यक्षमा प्रमोद अर्याललाई चयन गरिएको छ । त्यस्तै समितिको सल्लाहकारमा तोरणबहादुर कार्कीलाई चयन गरिएको छ ।

सोही भेलाबाट ग्लोवल नेपलीज सेफ फेडरेसन रुपन्देही च्याप्टर पनि चयन गरिएको छ । केशवराज अर्यालको अध्यक्षतामा गठित रुपन्देही च्याप्टरको उपाध्यक्षमा बालकृष्ण रायमाझी, महासचिवमा शंकर भण्डारी, सचिवमा हिकमत मल्ल र कोषाध्यक्षमा ईश्वर बोहोरालाई चयन गरिएको छ ।

भेलामा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले होटलमा काम गर्ने कुक (सेफ) होटल व्यबसायको धरोहर भएको बताउँदै उनीहरुको दक्षता अभिबृद्धिकालागि सहकार्य गर्न संघ तयार रहेको बताउँनु भयो । उहाँले सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन मजदुरकालागि सुनौलो अवसर भएकाले त्यसको कार्यान्वयनकालागि संघले अन्तरक्रिया तथा छलफलका कार्यक्रम गर्ने बताउनु भयो ।

सन २००९ मा सिंगापुरमा काम गर्ने नेपाली कुकहरुले बिदाको दिनमा भेला हुने छलफल गर्ने क्रममा किचनको स्वच्छता र कुकको कार्यस्थल सुरक्षाकालागि लागि नेपाली सेफ क्लव गठन भएको थियो । सन् २०१८ मा त्यसैलाई ग्लोवल नेपलीज सेफ फेडरेसनमा परिणत गरिएको फेडरेसनका अध्यक्ष लक्ष्मण भण्डारीले बताउनु भयो । उहाँले खानामा नेपाली संस्कृति हराउँदै गएको बताउँदै नेपाली खानाको प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पैचो पसल प्रालिका प्रमुख कार्यकारी अधिकृत केशव न्यौपाने, सेफ तोरणबहादुर कार्की लगायतले नेपाली खानाका परिकारहरु ८४ व्यञ्जन पस्किन सकिने बताउँदै सोही अनुसार नेपाली खानालाई ब्राण्डिङ् गर्न र खाध्य सुद्धता कायम राख्नु पर्ने भनाई राखेका थिए । सरकारले घोषणा गरेको भिजिट नेपाल सन् २०२० आउनै लागेको र त्यसलाई सफल बनाउनकालागि हस्पिटालिटी सेवाको प्रमुख भूमिका रहने बताउँदै उनीहरुले हस्पिटालिटी क्षेत्रमा खानामा सुद्धता कायम गर्नुपर्ने भनाई राखेका थिए ।