Wednesday 26th June 2019
  • New title for a=>html, img=>alt
  • गजल

    April 18, 2017


    राजतन्त्र ढले पनि, संस्कार फेरिएन ।
    अझै पनि नेताको, व्यबहार फेरिएन ।।

    लोकतन्त्र नि आए, गणतन्त्र नि आए ।
    अझै पनि त सामन्ती, उभार फेरिएन ।।

    जानुपर्छ विदेश, चिसो लाग्दा पनि त ।
    नेताको त्यो पुरानो, ब्यापार फेरिएन ।।

    फेरिए धेरै पजेरो, फेरिए महल पनि त ।
    जनताको कहिल्यै नि, संसार फेरिएन ।।

    फेरिए रेडियो सेट, फेरिए टेलिभिजन ।
    कहिल्यै नि दु:खद, समाचार फेरिएन ।।

    भए धेरै चुनाव, फेरिए धेरै पदहरु नि ।
    कहिल्यै पनि त्यै, उम्मेदवार फेरिएन ।।

    ~ तिलक तारामी ” रेशाली ”
    बुटवल – ११, रुपन्देही