तिम्रो मेरो थर मिल्दैन रे

796

तिम्रो मेरो थर मिल्दैन रे

समाजमा तिम्रो मेरो थर मिल्दैन रे
तिमी धनी म गरिब स्तर मिल्दैन रे

महलमा जन्मिएर सुखमा हुर्किएकि
मेरो गाउँको झुपडी राम्रो घर मिल्दैन रे

ठुला ठुला ईच्छा चाहाना छन् हाम्री छोरिको
भन्छन् तिम्रा बुवा अामा रहर मिल्दैन रे

न त कुनै अाम्दानी छ न त कुनै जागिर
मलाई तिमी दियो भने राम्रो वर मिल्दैन रे

समाजमा तिम्रो मेरो थर मिल्दैन रे
तिमी धनी म गरिब स्तर मिल्दैन

निर्मल ठाडा मगर
हाल साउदी अरेबिया