वडा अध्यक्ष अर्यालद्धारा अपांगता भएकालाई आर्थिक सहयोग

696

वडा अध्यक्ष अर्यालद्धारा अपांगता भएकालाई आर्थिक सहयोग


कपिलवस्तु , १२ बैशाख । वाणगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सोमनाथ अर्यालले अपांगता भएका विभिन्न ७ जनालाई आर्थिक सहयोग गर्नु भएको छ । सो वडा भित्रका अपांगता भएका र गम्भिर किसिमको सल्यक्रिया भएकाहरुलाई वडा अध्यक्ष अर्यालले व्यक्तिगत रुपमा जनही ४ हजार रुपैयाँका दरले २८ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको हो ।

उहाँले अपांगता भएका व्यक्तिहरु अंकित काफ्ले, सुवारी थारु, रहमान अलि, ओम प्रकाश पौडेल तथा मुटुको अप्रेशन गरेका प्रेम परियार र विष्णु थारुलाई आर्थिक सहयोग गर्नुभएको वडा सदस्य शारदा केसिले जानकारी दिनुभयो । अपांगता भएका कारण र गम्भिर किसिमको सल्यक्रिया भएका कारण संघर्षपूर्ण जिवन निर्वाह गरिरहेकाहरुलाई अर्यालले उनीहरुको जिवन यापनमा सहजता पुग्ने विश्वास सहित आर्थिक सहयोग गरेको बताउनु भयो ।

वाणगंगा नगरपालिकाका मेयर मंगल थारुले अर्यालले गरेको यस किसिमको पुनित कार्य गरी अर्याल यस समुदायकै एक जना नमुना व्यक्ति बनेको भन्दै अरुले अनुशरण गर्नु पर्ने धारणा राख्नुभयो । मन्दिर धाउँदा भन्दा पनि यसरी सहयोग गर्दा ठूलो पुण्य मिल्छ उपमेयर चक्रपाणी अर्यालले भन्नु भयो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा मेयर मंगल थारु उपमेयर चक्रपाणी अर्याल, वाणगंगा नगरपालिकाका कार्यकारी प्रमुख तुल्सीराम मरासिनी, नेपाली कांग्रेसका प्रवक्ता रवि काफ्ले लगायत एक सय जना भन्दा बढिको उपस्थिति रहेको वडा सदस्य वाजबुल नयन शाहाले जानकारी दिनु भयो ।