ओली र मोदी वीचको सम्बन्ध राम्रो छैन : अम्रेशकुमार

851

ओली र मोदी वीचको सम्बन्ध राम्रो छैन : अम्रेशकुमार

बुटवल, १८ जेठ । नेपाली काँग्रेसका नेता तथा सांसद डा. अम्रेसकुमार सिहंले प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीचको सम्बन्ध राम्रो नभएको दावी गर्नु भएको छ । उहाँले भारतले ओलीलाई भन्दा प्रचण्डलाई मन पराएको संकेत गर्नु भएको हो । रिपोर्टर्स क्लवले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भारतले ओलीलाई नचाहेकै कारण अहिलेको भ्रमणबाट निराश भएर फर्किएको समेत टिप्पणी गर्नुभयो ।

नेता सिंहले भारतले नेपाललाई लोकतन्त्रको पक्षमा सहयोग गर्ने बताउँदै लोकतान्त्रिक मुल्य मान्यता अनुसार सरकार नचलेकाले भारतबाट फर्किदा प्रधानमन्त्री ओली निरास भएर फर्किनु परेको उल्लेख गर्नुभयो । राष्ट्रपतिको व्यवहारले संविधान, संघीयता र गाण्तन्त्र खतरामा रहेको समेत उहाँको तर्क छ । राष्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड मिलेर शक्तिको भरमा देश चलाउने षडयन्त्रमा लागेको आरोप लगाउनु भयो ।

नागरिकताको विषमा चित्रबहादुर केसी, साध्यबहादुर भण्डारी र अन्य कम्युनिष्ट पार्टीहरुले मधेशका जनतालाई भारतीय नागरिक देखेको बताउनु भयो । सीमा र नेपालको भूगोल रक्षाका लागि कांगे्रस र मधेश दृढ रहेको उहाले बताउनु भयो । उहाले तत्कालिन एमाले, माओवादी केन्द्रको एकता तेल र पानीको जस्तै मिलन भएको दावी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लामो समय मिलन नहुने बताउंदै उहाले राजनीतिक रुपमा फरक–फरक मूलको पानी खाएका कम्युनिष्ट बीच लामो समय मिलन हुन नसक्ने उहाँको भनाई छ । उहाले ओली सरकारले संविधान, संघीयता, लोकतन्त्र, पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता र मानव आधिकारमाथि प्रहार गरेकाले यो सरकार लामो समय नटिक्ने बताउनु भयो ।