ओली सरकारको फ्युज भईसक्यो : डा.चन्द्र भण्डारी

ओली सरकारको फ्युज भईसक्यो : डा.चन्द्र भण्डारी


खेमानन्द पाठक/कपिलवस्तु,९ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  डा. चन्द्र भण्डारीले अहिलेको ओली सरकारको फ्युज भईसकेको बताउनु भएको छ । नेपाली कांग्रेस कपिलवस्तुले राष्ट्रिय जागरण अभियान अन्तर्गत बाणगंगा नगरपालिकाको जितपुरमा आयोजना गरेको कार्यक्रममा संबोधन गर्दै केन्द्रिय सदस्य भण्डारीले प्रधानमन्त्रीले चुनाव अगाडि जनता सामु दिएको करेन्टरुपी नारा अहिले भने फ्युज भएको बताउनु भएको छ ।

प्रधानमन्त्रीले चुनाव अगाडी जनताको घर–घरमा ग्यासको पाईप लाईन, चीनबाट तेल ल्याउने,पानिजहाज, रेल ल्याउछु, भ्रष्ट्रचार सुन्य गर्छु भन्ने नारा अहिले झुठ साबित भएको बताउनु भयो । भण्डारीले भन्नुभयो–‘भारतले लगाएको नाकाबन्दीपछि ओलीज्युले राष्ट्रिताको नारा लगाउँदै हिँडनु भएको थियो अहिले त्यो फ्युज भयो ।’ओली नेतृत्वको सरकार ईतिहासमै सबैभन्दा भ्रष्ट्र सरकार भएको बताउदै अहिलेको सरकार स्थानीय सरकार,प्रदेश सरकार हुदै संघीय सरकार भ्रष्टाचारमा डुबेका बताउदै अहिलेको सरकारले भ्रष्ट्रचारी,वाइडबडी र सुनकाण्डका दोषिलाई सरकारले ढाकछोप गरेको आरोप लगाउनु भयो ।

साथै नेपाली काँग्रेसले पार्टीमा सवैलाई अवसर र सम्मान दिएमा पार्टी बलियो हुने बताउनु भएको छ । बिगतमा भएका सवै कमिकजोरीलाई आत्मसात गरी सोचमा परिवर्तन गरी पार्टीलाई सशक्तरुपमा अघि बढनु पर्ने बताउनु भयो वाणगंगा नगरपालिकाका कार्यवाहक सभापति विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, पुर्व सिचाई राज्यमन्त्री तथा जिल्ला सभापति सुरेन्द्रराज आचार्य, महिला संघकी केन्द्रिय सदस्य ईन्दिरा भट्टराई,पुर्व जिल्ला सभापति राजेश आचार्य नगरप्रमुख मङगल प्रसाद थारु, लगायतले पार्टीमा गुट उप गुट अन्त्य हुने पर्नेमा जोड दिनु भएको थियो ।

नेपाली काँग्रेस पार्टी सुदृणीकरणका लागि अहिले देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा छ । पार्टीले अंगाडी सारेको राष्ट्रिय जागरण अभियान अन्र्तगत पहिलो चरणमा पार्टीको जिल्ला तहले एक महिनासम्म गाउं नगर सम्म गएर संगठन वलियो बनाउने र जनताका समस्या बुझ्न जागरण अभियान थालिएको पार्टीले जनाएको छ । सो अवसरमा सबै भ्रातृ संस्थाहरुलाई परिचालन गरिएको गरेको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •