पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

1.2K

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो

काठमाडौँ, १९ मंसिर । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ । उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ ।अज मङ्सिर २० गते दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको विभागले जनाएको छ ।

त्यस्तै मङ्सिर २१ गते पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । रासस