फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

447

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि पराकम्प

फिलिपिन्स, १ फागुन । दक्षिणी फिलिपिन्स सहरका हजाराँै वासिन्दाहरु शुक्रबार गएको शक्तिशालीको भूकम्पको दुइदिनपछि पनि सडकमा रहेका छन् । शुक्रबार गएको ६.५ रिक्टरको भूकम्पपछि पनि जारी रहेको पराकम्पको कारण सर्वसाधारण माझ त्रासको वातावरण पैदा भएको छ ।

मिन्दानाओ द्विपनजिकै सुरिगाओ र नजिकैको क्षेत्रहरुमा प्रभावित हुने गरी गत शुक्रबार ६.५ रिक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी यस भूकम्पको कारण हजारौँ घरहरु क्षति तथा ध्वस्त भएका छन् ।

राज्यको भूकम्प विज्ञान कार्यालयका अनुसार शुक्रबार आएको शक्तिशाली भूकम्पपछि फिलिपिन्समा एक सयभन्दा बढी पराकम्प गइसकेको छ । यद्यपी अधिकारीहरुका अनुसार यस शक्तिशाली भूकम्पछि थप हताहतको भन्ने कुनै समाचार प्राप्त भएको छैन् ।

फिलिसिन्समा सन् २०१३ गएको ७.१ रिक्टर स्केलको भूकम्पमा परी २२० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी