प्रधानमन्त्रीलाई उद्योगी व्यबसायीको ज्ञापन

374

प्रधानमन्त्रीलाई उद्योगी व्यबसायीको ज्ञापन

भैरहवा, २ साउन । रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन् । उनीहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीले नयाँ प्रावधान लागू गर्दा त्यसलाई दीर्घकालीन गराउन व्यवसायीलाई थप समय दिइनु पर्ने जानकारी गराए ।

समाजिक सुरक्षाकोष तत्काल लागू गर्न नसकिने र उद्योग–व्यवसायको मापदण्ड छुट्याइ फरक फरक तरिकाले लागू गर्नुपर्ने, भीसीटीएस सुरुमा भन्सारबाट आयात निर्यात गर्दा लागू गर्नु पर्ने र त्यो सफल भए मात्रै पूर्ण रुपमा लागू गर्नु पर्ने, ढुवानीको साधनमा लगाइएको १३ प्रतिशत भ्याट हटाउनु पर्ने लगायतका माग गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले उद्योगी–व्यवसायीका माग तत्कालै प्रधानमन्त्री कार्यालय पठाइने बताउनु भयो ।