१३औ महाधिवेसनको संघारमा जन सम्पर्क समिति पोर्चुगल पनि दुइ चिरामा

641

१३औ महाधिवेसनको संघारमा   जन सम्पर्क समिति पोर्चुगल पनि दुइ चिरामा

लिस्वन/पोर्चुगल

१३औ महाधिबेशन नजिकदै जादा जन सम्पर्क समिति पोर्चुगल पनि दुइ चिरामा बिभाजन भयको छ | पोर्चुगलले फेब्रुवरी १५ कै दिन कार्यसमिती को सर्वसम्मत निर्णय अनुसार  महासमिती सदस्य र महाधिवेशन प्रतिनिधी  चयन गरेको थियो | तर यसमा असहमति जनाउदै पुर्व उपाधक्ष्य खेमराज रानाभाटको समुहले आइतबारको लागि पोर्चुगलबाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छनौटको बारेमा छलफल डाकेको छ | यसबाट बेल्जियम  जस्तै पोर्चुगल पनि फुटको संघारमा रहेको देखायको छ |
poc

 

 

यस अघि लुम्बिनी अनलाइनमा प्रकाशित समाचार र आज बाहिर आयको प्रतिनिधि हरुको बारेमा बोल्दै महासमिति सदस्यमा चुनियका पूर्ण हमालले अधिकार सम्पन्न समितिले गरेको निर्णयलाई पार्टिले मानी सकेको बतायका छन |’कार्य समितिले निर्णय गर्ने अधिकार पाएकोले उस्ले आफ्नो अधिकार उचित रुपमा प्रयोग गरेको छ। आफु मनोनित भए ठीक अरु भए बेठिक भन्ने पुर्वाग्रही मनस्थिती बोकेका ब्यक्तिले निर्णय भाड्न खोजेका छन |’हमालले जिकिर गरे |उनका अनुसार केन्द्रिय   सदस्य  धन राज गुरुङ र गगन थापाको उपस्थितिमा भएको बृहत् भेलाले महाधिबेसन प्रतिनिधि छान्ने अधिकार कार्य  समितिलाई दिएकोले समितिले अधिकार र बिबेक प्रयोग गरी सस्थामा बढी योगदान  पुराएकालाई मनोनित गर्नु  स्वाभाबिक हो। अब कुरा रह्यो केन्द्राको पत्रको , ने का केन्द्रीय समितिको हालै प्राप्त पत्रले पुन कार्य समितिलाई नै झन अधिकार सम्पन्न गराएको छ।
उता अर्को पक्षका पुर्व अधक्ष्य रानाभाटले केन्द्रको पत्र र बिधान मिचेर गयको हुदा आफुहरुलाई मान्य नहुने कुरामा जोड दियका छन | उनका अनुसार उम्मेदवार दियाकाहरुको   कुरा नसुनेको,बलजफती गठन गरेको  हुदा आफुहरुले बाध्यताबस बैधानिक बाटो अवलम्वन  गर्न गैरहेको हो | यसमा पूर्ण हमालको बलजफतिको कारण र मनोमानी ढंगले यस्तो भयको छ |’रानाभाटले बताय |