प्रदेश लोक सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पद वहाली

768

प्रदेश लोक सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पद वहाली

बुटवल २८ साउन । प्रदेश ५ को लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले मंगलवार पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाको उपस्थितीमा उहाँकै कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधिश रमेश पोखरेलल आयोगका अध्यक्ष भट्टराईलाई सपथ गराउनु भएको हो ।

सपथ ग्रहण समारोहमा प्रदेश प्रमुख झा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ति सहित प्रदेशका सबै मन्त्री, प्रदेशका प्रमुख सचिव, योजना आयोगका पदाधिकारीहरु, प्रदेश मन्त्रालयका सचिवहरु सहित उच्च अधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रदेश सरकारको शिफारिसमा यही साउन २३ गते प्रदेश प्रमुख झाले भट्टराईलाई प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नु भएको थियो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा भट्टराई प्रदेश लोक सेवा आयोगको अध्यक्ष बन्नु अघिसम्म महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्थो ।