प्रदेश पाँचमा प्राबिधिक शिक्षा कार्यक्रम स्वीकृत भएका बिद्यालयहरु

1K

प्रदेश पाँचमा प्राबिधिक शिक्षा कार्यक्रम स्वीकृत भएका बिद्यालयहरु

बुटवल, भदौ । प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटि)ले प्राबिधिक शिक्षा सञ्चालनकालागि नेपाल अधिराज्य भरी ९७ बिद्यालयलाई स्वीकृति प्रदान गरेको छ । त्यसमध्ये प्रदेश पाँचमा १८ बिद्यालय छन् । सिटिईभिटिबाट प्राबिधिक शिक्षाको बिकास बिस्तार तथा पहुँचलाई मध्यनजर गरि शैक्षिक सत्र २०७५÷०७६ कालागि डिप्लोमा ईन सिभिल ईञ्जिनियरिङ्, ईलेक्ट्रिक ईञ्जिनियरिङ्, बालिबिज्ञान, पशु बिज्ञान, फरेष्टी, अटोमेटिक्स, जिओमिटिक्स, अटोमोवाई, आईटि, रेफ एण्ड एसी लगायतका बिषयमा प्रदेश पाँचका १८ बिद्यालयलाई स्वीकृति प्रदान गरेको छ ।

प्रदेश पाँचमा पर्ने १२ जिल्ला मध्ये सिटिईभिटिले ७ वटा जिल्लाका १८ सिबद्यालय छनौट गरेको हो । त्यसमध्ये नवलपरासी, गुल्मी, अर्घाखाँची, रुकुम र प्युठानका जिल्ला परेका छैनन् । सिटिईभिटिले प्रदेश पाँचमा सबैभन्दा बढी दाङ्का ११ वटा बिद्यालयमा प्राबिधिक शिक्षा कार्यक्रमको स्वीकृति दिएको छ । जसमध्ये दाङमा अमर माबि तुलसीपुर, जनकल्याण माबि तुलसीपुर, आदर्श नमुना माबि राप्ती, गुरु जजुर माबि तुलसीपुर, माध्यमिक बिद्यालय तुलसीपुर, माध्यमिक बिद्यालय घोराही, सरस्वती माध्यमिक बिद्यालय घोराही, आदर्शनमुना माबि लमही, बालजनता माबि लमही, पद्योदय पब्लिक नमुना माबि घोराही र माध्यमिक बिद्यालय घोराही रहेका छन् ।

त्यस्तै रुपन्देहीको एक मात्रै बिद्यालय सियारी गाउँपालिका वडा नं. ४ को पब्लिक माध्यमिक बिद्यालय, कपिलबस्तुको सुद्धोधन गाउँपालिकाको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, पाल्पाको रिप्दिकोट गाउँपालिका वडा नं. ५ मुझुङ्को कालिका माध्यमिक बिद्यालयलाई प्राबिधिक शिक्षा कार्यक्रमको स्वीकृति प्रदान गरेको छ । बर्दियाको जनता माबि बासगढी र नेपाल राष्ट्रिय माबि गुलरीया, बाँकेको ज्ञानज्योती माबि कोहलपुर र रोल्पाको अरनीको माध्यमिक बिद्यालय त्रिवेणी रहेका छन् ।