कलेज–बिद्यार्थी सहमति : पियु मातहतका रुन्देहीका कलेजमा आन्दोलनका कार्यक्रम स्थगित

852

कलेज–बिद्यार्थी सहमति : पियु मातहतका रुन्देहीका कलेजमा आन्दोलनका कार्यक्रम स्थगित

बुटवल, ८ बैशाख । पोखरा विश्वविद्यालय अन्तरगतका कलेजहरुले व्याचलर लेवलका कक्षामा अध्ययनकालागि भर्ना गराएका बिद्यार्थीलाई परिक्षामा सहभागि नगराएको बिरोधमा उत्रिएको नेपाल बिद्यार्थी संघले रुपन्देही जिल्लाका बिरोधका कार्यक्रम स्थगित गरेको छ ।

प्रविणता प्रमाणपत्र तहमा ‘डि प्लस’ अंक ल्याएर भर्ना भएका बिद्यार्थीलाई परिक्षामा सहभागि नगराउने पोखरा विश्वविद्यालयको निर्णयसंगै नेपाल बिद्यार्थी संघ आन्दोलनमा उत्रिएको थियो । शनिबार मात्रै पोखरा विश्वविद्यालयले ‘डि प्लस’का बिद्यार्थीलाई परिक्षामा सहभागि नगराउने र ‘डि प्लस’ अंक ल्याएका बिद्यार्थी भर्ना गर्ने कलेजलाई पनि कारवाही गर्ने सूचना प्रकाशित गरेको छ । रुपन्देही जिल्लाको हकमाम उक्त निर्णयलाई नेबिसंघले त्यसको स्वागत गरेको छ ।

नेपाल बिद्यार्थी संघले रुपन्देहीका दोषी कलेजहरुसंग पिडित बिद्यार्थीको हालसम्म बुझाएको पैसा फिर्ता गर्ने र ती बिद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयको ‘बिबिएस’ छात्रबृत्तिमा पठनपाठन गराउने सहमति गरि आन्दोलनका कार्यक्रम स्थगित गरिएको पोखरा विश्व विद्यालयका बिद्यार्थी प्रतिनीधि शम्शेर खड्काले बताउनु भयो ।

अन्यायमा परेका बिद्यार्थीको न्यायको माग गर्दै नेपाल बिद्यार्थी संघले पोखरा विश्वविद्यालय मातहतका रुपन्देहीका कलेजमा तालाबन्दि गरिदिएको थियो । दोषी कलेजहरुले गल्ती स्वीकार गरेको र पिडित बिद्यार्थीको समस्या समाधान गर्न सहमतिमा आएकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको बिद्यार्थी प्रतिनीधि खड्काले बताउनु भयो ।

नेपाल बिद्यार्थी संघ संग भएको सहमतिमा अधिकांश कलेजले टियु अन्तगरग बिबिएस कार्यक्रममा ४ वर्ष पूर्ण छात्रबृत्ति प्रदान गर्ने, पठन पाठनमा हालसम्म छुटेको पाठ्यक्रम बिशेष व्यबस्था गरि पुरा गर्ने, पोखरा विश्वविद्यालयले आफ्नो प्रावधान परिवर्तन गरि ‘डि प्लस’लाई समावेश गर्ने अवस्था भएमा ५० प्रतिशत छात्रबृत्ति प्रदान गरि अध्ययन व्यबस्था मिलाउने सहमति भएको छ । ‘डि प्लस’ बिद्यार्थीलाई परिक्षामा सहभागि नगराउने पोखरा विश्वबिद्यालयको निर्णयपछि रुपन्देही जिल्लाबाट करिव ३० जना बिद्यार्थी समस्यामा परेको पोखरा विश्वबिद्यालयका पोखरा प्रतिनीधि तथा नेपाल बिद्यार्थी संघ लुम्बिनी ईञ्जिनियरिङ् कलेजका सभापति खड्काले बताउनु भयो ।

नेपाल बिद्यार्थी संघले सिसिटी कलेज बुटवल, सिद्धार्थ ईन्टरनेशनल बुटवल, क्षितिज ईन्टरनेशनल बुटवल र बुटवल मोडल कलेजसंग सम्झौता गरेको हो ।