पुरानै गल्ती दोहो¥याउंदै जानु खेदजनक : अस्लामी

289

पुरानै गल्ती दोहो¥याउंदै जानु खेदजनक : अस्लामी

बुटवल, कात्तिक । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले बर्तमान सरकारप्रति आम नेपाली जनताले राखेको अपेक्षा धारासायी हुने होकी भन्ने आशंका उत्पन्न भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश समितिद्वारा मंगलबार बुटवलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उपमहासचिव अस्लामीले दुई तिहाई बहुमतको सरकारबाट आम नेपाली जनताले जिवनस्तरमा आमूल परिवर्तनको अपेक्षा गरेकोले जनताको अपेक्षा पुरा गर्ने तर्फ सरकार दृढतापूर्वक अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

सरकारका काम कारबाही सन्तोषजनक रुपमा अगाडी बढ्न नसकेको भन्दै उहाँले यो वा त्यो बहानामा सरकार बिकास निर्माणको महान अभियानबाट बिचलित भए दुई तिहाई बहुमत प्राप्त बर्तमान सरकारप्रति जनताको आशा र भरोसामा तुषारापात हुने बिचार व्यक्त गर्नुभयो ।अबको दशक निर्माणको दशकको रुपमा लिनुपर्ने बताउदै उहाँले सत्ता पक्ष, प्रमुख प्रतिपक्षी दल लगायत सबै दलमा निर्माणवादी चिन्तनको बिकास हुनुपर्ने आवस्यकता औल्याउनु भयो ।

नयाँ प्रयोगको नाममा पुरानै गल्ती दोहो¥याउदै जानु खेदजनक रहेको भन्दै जनमुक्ति पार्टीका बिदेश बिभाग उपप्रमुख तथा जनमुक्ति एकेडेमीका उपप्रमुख समेत रहेका अस्लामीले निर्माणको अभियानमा आफ्नो पार्टी सरकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।

नेपालको संबिधान २०७२ ले मुलुकको बिबिधता र बिशिष्ठतालाई आत्मसाथ गर्न नसकेको भन्दै उहाँले संविधानको पुनर्लेखन गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालको बिबिधताको ब्यवस्थापनकालागि पाँच कलष्टरको आधारमा पाँच सदस्सीय राष्ट्रपति मण्डल गठन गर्नुपर्ने बताउदै उपमहासचिव अस्लामीले भ्रष्टाचारीलाई देश द्रोही घोषणा गरी उसको सम्पत्ति राष्ट्रियकरण गर्ने संबैधानिक ब्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीले अगाडी सारेको जानकारी गराउनु भयो ।

भ्रष्ट्राचार जस्तो जघन्य अपराधलाई कुनै एक आयोगको भरमा मात्रै छाड्न नहुने उहाँको तर्क थियो । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश समितिका उपाध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न शुभकामना आदान–प्रदान कायक्रममा आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीका अध्यक्ष सोनु थापा, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य शिव डुम्रे लगायतले नेपालीहरुका मौलिक चाड पर्वहरुले सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गर्नुभएको थियो ।