Thursday 13th December 2018
  • New title for a=>html, img=>alt
  • क्षेतीपूर्ति उपलब्ध गराईदिन पिडित परिवारको माग

    November 28, 2018


    बुटवल, १२ मंसिर । युनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययनरत बिद्यार्थीको उपचारका क्रममा मृत्यु भएको र हालसम्म क्षेतीपूर्ति पाउन नसकेको भन्दै परिवारले क्षेतीपूर्ति उपलब्ध गराईदिन माग गरेका छन् ।

    गत साउन २० गते युनिभर्सल मेडिकल कलेज भैरहवामा अध्ययनरत धनुसा जनकनन्दिनी गाउँपालिका पथनुका महादेव शाहको सोही मेडिकल केलजमा उपचारको क्रममा मृत्यु भएको थियो । उपचारका क्रममा मृत्यु भएपछि अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै संगै पढ्ने बिद्यार्थी आन्दोलित भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा छानविन समिति गठन गरेको थियो भने उक्त समितिले समेत प्रतिवेदन बुझाईसकेको छ ।

    बुधवार बुटवल स्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा मृतक महादेव शाहका भाई अविनाश शाहले आफ्नो परिवार एकदमै गरिव भएकाले उपरिवारलाई राहत उपलब्ध गराईदिन आग्रह गर्नुभयो । आफ्ना बाबु आमाले भएको जग्गा बेचेर आफूहरुलाई पढाएको स्मरण गर्दै उहाँले दाजुलाई पढाउँदा लागेको खर्च फिर्ता गर्नु गरे परिवारलाई केही भएपनि राहत मिल्ने मृतकका भाई शाहले बताउनु भयो ।

    पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालयले बनाएको छानविन समितिका संयोजक अधिकृत बिष्णुप्रसाद ज्ञवालीले त्यस घटना छानविनमा दोशी औंल्याउन मिल्ने आधार र प्रमाण नभेटिएपनि क्षेतीपूर्ति भराउने व्यबस्था गर्नेगरी प्रतिवेदन बुझाईएको बताउनु भयो । समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले छानविनका क्रममा अस्पतालको प्रशासकीय कमजोरी नदेखिएपनि विवादास्पद तथा संकास्पद मृत्युमा पोष्टमार्टम नगरिएको तथा ईसिजी रिपोर्टमा समस्या देखिँदादेखिँदै पनि चिकित्सकहरुले त्यसतर्फ ध्यान नदिएको पाईएको बताउनु भयो ।

    त्यसैका आधारमा प्रचलित कानुनी प्रावधान अनुसार मृतकका आफन्तलाई न्याय मिल्नेगरी आर्थिक सहायता÷राहत प्रदान गर्न समितिले प्रतिवेदन मार्फत सुझव दिएको छ । मेडिकल काउन्सिलका सदस्य डा. कृष्ण खरेलले काउन्सिलले ईथिकल्ली प्राक्टिस भएनभएको मात्रै हेर्ने बताउँदै त्यसमा कुनै शंका भए काउन्सिलमा निवेदन दिन पिडित परिवारलाई सल्लाह दिनुभयो । उहाँले तर यो घटनामा छानविन समितिले दिएको प्रतिवेदन अनुसार त्यस्तो नदेखिएको बताउँदै प्रतिवेदनमा टेकेर सोही अनुसार अंगाडी बढ्न पनि सुझाव दिनुभयो ।

    राष्ट्रिय मानव अधिकार प्रदेश कार्यालय बुटवलका प्रमुख पवन भट्टले कुनै व्यक्तिको बाँच्न पाउने अधिकार समाप्त भएपछि उसको परिवारका अन्य सदस्य समेत प्रभावित हुने बताउँदै मानव अधिकार संरक्षण, संवद्र्धन र परिपूर्ति गर्ने दायित्व सरकारको भएको बताउनु भयो । उहाँले उक्त घटनामा पनि मानव अधिकार सम्मत तरिकाले क्षेतीपूर्तिको एकिन गरेर पिडितलाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।