Monday 25th March 2019
  • New title for a=>html, img=>alt
  • ‘जे बोल्छ, त्यहि गर्छ, त्यसैले काँग्रेसलाई भोट’

    June 5, 2017


    आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले आ–आफ्नै तरिकाले प्रचारका कार्यक्रम अंगाडी बढाईरहेका छन् । यस सन्दर्भमा नेपाली काँग्रेसले रुपन्देहीमा निर्वाचनको तयारी कसरी गरेको, जित्नका लागि उसले अपनाएका रणनीतिहरु के के छन् भन्ने बिषयबस्तुलाई समेटेर नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणसंग गरिएको कुराकानी ।

    आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तयारी के छ ?
    निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले रुपन्देहीभरी निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । जिल्लामा एउटा उपमहानगरपालिका, ५ वटा नगरपालिका र १० वटा गाउँपालिका सहित १६ वटा स्थानीय तह छन् । त्यसमा लगभग लगभग अधिकांस स्थानमा उम्मेदवार तय भईसकेका छन् । एकाध स्थानमा उम्मेदवार तय गर्न बाँकी छ । बाँकी स्थानमा पनि केही दिन भित्रमा नै उम्मेदवार तय गरेर हामीले सार्वजनिक गर्ने छौं । निर्वाचनको परिणामलाई हाम्रो पक्षमा पार्नका लागि हामीले रणनीतिहरु पनि अपनाएका छौं । नेपाली काँग्रेसले विगतमा गरेका ईतिहासलाई लिएर जनताको घरदैलोमा जाने, हामीले बिकास निर्माणका कामहरु अंगाडी सार्ने छौं । यसका साथसाथै मुलुकको राष्ट्रिय राजनीतिलाई कसरी बलियो बनाउन सकिन्छ, राष्ट्रिय सहमति, एकता, सद्भावलाई कसरी बलियो बनाउन सकिन्छ, राष्ट्रियतालाई कसरी मजवुद बनाउन सकिन्छ, हिमाल, पहाड र मधेशको भावनालाई कसरी एक बनाएर अंगाडी बढाउन सकिन्छ भन्ने कुरालाई जनताको माझमा लैजाने छौं । सबै अट्ने देश, सबैलाई समेट्ने नेपाली काँग्रेस भनेर हामी अंगाडी बढेका छौं । त्यस्तो भावना व्यबहारमा पनि उतारेर देखाउने छौं ।

    जनताले नेपाली काँग्रेसलाई नै भोट किन दिने ?
    नेपाली काँग्रेस जे बोल्छ, त्यही गर्छ र जे गर्न सकिन्छ त्यहि मात्र बोल्छ । नेपाली काँग्रेसले झुटको खेती गर्दैन । नेपाली काँग्रेस एउटा ईतिहास बोकेको पार्टी पनि हो । जतिपनि नेपालका राजनीतिक क्रान्तिहरु भएका छन् र क्रान्तिबाट उपलब्धि हासिल भएका छन्, ती सबै नेपाली काँग्रेसकै नेतृत्वमा भएका छन् । नेपाली काँग्रेसकै नेतृत्वमा बिकास निर्माण अंगाडी बढेको छ । खुला अर्थनीतिलाई काँग्रेसले नै अंगाडी ल्यायो । त्यसले गर्दा मुलुकको दीगो बिकास र समृद्ध मुलुक निर्माणका लागि नेपाली काँग्रेस बिना संभव छैन । नेपाली काँग्रेस शान्ति प्रिय पार्टी हो । नेपाली काँग्रेसले नै सबैलाई मिलाएर मुलुकलाई अंगाडी बढाउन सक्छ । हिमाल, पहाड र मधेशका सबै जनतालाई समेटेर अंगाडी बढाउन सक्छ भन्ने विश्वास नेपाली जनतालाई पनि छ । यो कुरालाई बुझाउन पनि जरुरी छ । कतिपयले अहिले हिमाल पहाड र तराईलाई खण्डित गर्नेगरी, त्यहाका जनताका भावनालाई टुक्रयाउन खोजिरहेका छन् । त्यसलाई रोक्न र मुलुकको राष्ट्रियतालाई बलियो बनाउनकालागि पनि नेपाली काँग्रेसलाई जितावन आवश्यक छ ।

    जीतकालागि नेपाली काँग्रेसले के कस्तो रणनीति बनाएको छ ?
    सबैपार्टीका आफ्ना आफ्ना नीति, शिद्धान्त र आदर्श छन् । सोही अनुसार सबैले घोषणा पत्र पनि बनाएका हुन्छन् । वास्तवमा जनताले यो कुरा अध्ययन गर्नुपर्छ । कुन पार्टीलाई भोट हाल्दा मुलुकमा शान्ति हुनसक्छ, बिकास हुनसक्छ, जनताको आर्थिक उन्नती, समृद्धि हुनसक्छ भन्ने कुरा २१ औंै सताब्दिका जनताले बुझेका छन् । त्यसले गर्दा पार्टीका नेता कार्यकर्ता जे जे बोलेपनि जनता शिक्षित छन्, गतिशिल छन् । मुलुकलाई शान्ति कसरी बनाउने भन्ने हो । बिकास कसरी गर्ने भन्ने हो । मुलुकमा यतिठूलो ससस्त्र युद्ध भयो, त्यतिखेर नेपाली काँंग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले जंगलमा रहेको माओवादीलाई आफ्नो पार्टी भन्दा पनि सबैभन्दा ठूलो मुलुक हो, मुलुकमा शान्तिका आवश्यकता छ भन्ने कुरा बुझेर युद्धरत माओवादीलाई राजनीतिको मुलधारमा÷शान्तिको मार्गमा ल्याउनु भएको थियो । त्यसकारणले गर्दा अहिले पनि मुलुकमा राष्ट्रिय सहमति, एकतालाई सद्भावका साथ मिलेर अंगाडी बढाउनु पर्छ । सबैपार्टीहरु मिल्न सक्यौं भने मुलुकमा चाँडो परिवर्तन गर्न सकिन्छ । आर्थिक बिकास गर्न सकिन्छ । त्यहि कारण हामीले कहाँ, कसरी हुन्छ चुनावी गठबन्धन गरेर अंगाडी बढ्ने प्रयास गरेका छौं । तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमुक्तिसंग तालमेल भएको छ । बुटवलका केही वडाहरुमा पनि जनमुक्तिसंगनै तालमेल भएको छ भने बाँकी स्थानमा पनि चुनावी तालमेलका प्रयास भईरहेका छन् । ती स्थानमा सम्बन्धित बिभिन्न दलहरुसंग वार्ता र संवाद भईरहेको छ । हामीले कसैसंग समिकरण गर्दा कमजोर परिस्थितीका कारणले होईन, हामीले जिम्मेवारी बोध गरी समिकरण गरिएको हो । हाम्रा स्थानीय तहलाई कस्तो बनाउने, विजयपछि पनि एकता र सहकार्य गर्दै नमुना बनाउनकालागि पनि समिकरण आवश्यक छ ।

    पार्टीमा आकांक्षि धेरै छन् । टिकट नपाएकालाई कसरी व्यबस्थापन गर्नुहुन्छ ?
    नेपाली काँग्रेस मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी पनि हो । यसमा नेता कार्यकर्ता धेरै हुनुहुन्छ । र अहिले स्थानीय तहमा २० वर्ष पछि चुनाव हुँदै भएकाले पनि नेतृत्व जाम भएको थियो । यसले गर्दा आकांक्षि पनि धेरै छन् । वास्तवमा यसलाई पार्टीले व्यबस्थापन गर्न जरुरी छ । यसका साथसाथै हामीले पनि आफूले पाए पनि ठिक छ र यदि आफूले पाईएन भने पनि पार्टीले टिकट जसलाई दिन्छ, उसलाई सहयोग गरेर जिताउन सकौं । हामी पार्टीको सदस्य बन्दा म मेयर नै बन्छु, सांसद बन्छु, प्रदेशको सदस्य बन्छु, मन्त्री बन्छु भनेर पार्टीमा लागेको होईन । हामी नेपाली काँग्रेस हौं । यसमा हाम्रो ईज्यत छ । नेपाली काँग्रेसलाई बलियो बनाउन सकौं, हाम्रो गर्व हुन्छ ।