Wednesday 21st November 2018
  • New title for a=>html, img=>alt
  • रसियाको शानदार सुरुवात, साउदी अरेबिया ५- ० ले पराजित

    June 15, 2018


    काठमाडौं/ फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ ।  मस्कोस्थित लुजिन्की रंगशालामा  बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो ।
    खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान्जिनस्काईले  सुरुवाती गोल गरे ।

    यसैगरी ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे भने ७१ औं मिनेटमा  अर्तेम जुबाले टीमको लागि तेस्रो गोल हाने ।

    यसैगरी खेलको इन्जुरी समयमा फेरि रसियाले थप दुई गोल गर्दै ५–० को जित निकाल्यो । इन्जुरी समयमा डेनिसले  व्यक्तिगत दोस्रो गोल गरे भने अलेकसन्डर गोलोभिनले पनि एक गोल थपे ।  योसँगै प्रतियोगिताकै कमजोर मानिएको रसियाले उत्साहजनक सुरुवात गरेको छ ।

     

    समूह एमा रहेको रसियाले अब इजिप्टको सामना गर्नेछ भने साउदीले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।