बुद्धका बिचार शान्तिको मार्गचित्र : राष्ट्रपति भण्डारी

618

बुद्धका बिचार शान्तिको मार्गचित्र : राष्ट्रपति भण्डारी

लुम्बिनी, २२ मंसिर । राष्ट्रपति बिद्यादेवी भण्डारीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयलाई विश्वको प्राज्ञिक संस्थाको रुपमा विकास गर्नु पर्ने बताउनु भएको छ । विश्व विद्यालय शान्तिको ज्ञान छर्ने विश्व स्तरको प्राज्ञिक थलो बन्नुपर्ने भन्दै उहाँले सिंगो राष्ट्रको विकासमा लुम्बिनी बौद्ध विश्व विद्यालयले परिवर्तित सन्र्दभलाई आत्मसाथ गर्दै समृद्ध नेपालको आकांक्षा पुरा गर्नेमा आशा व्यक्त गर्नु भयो ।

उहाँले विश्व विद्यालयले आफ्नो स्थापाना कालदेखि नै लक्षित योजना परिपुर्ती गर्ने बाटोमा अगाडी बढेकोमा खुसी व्यक्त गर्नुभयो । लुम्विनी बौद्ध बिश्व बिद्यालयको १४ औँ बार्षिक उत्सवका अवसरमा शनिवार लुम्विनीमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बुद्धका विचारहरु शान्तिको मार्ग चित्र भएको बताउनु भयो ।

उहाँले बौद्ध विश्व विद्यालयमा पढ्नकोलागि विश्वका विभिन्न देशमा विद्यार्थी आकर्षित गर्ने गरी अध्ययन गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनु भयोे । शान्ति र समृद्धिको मुल आधार रहेको भन्दै राष्ट्रपती भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका अग्रदुत बुद्धको उपदेशलाई विश्व शान्तिको भावनामा विकास गर्नुपर्ने खाँचो औल्याउनु भयो ।

बुद्ध र लुम्बिनी विश्वमा दुबै परिचित रहेको भन्दै राष्ट्रपती भण्डारीले लुम्बिनी विश्व विद्यालय आवश्यकता अनुसार अझ परिस्कृत रुपमा अगाडी बढ्नको लागि आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले देश समृद्धिको बाटोमा अगाडी बढाउनको लागि लुम्बिनी, तिलौराकोट, रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य स्थानहरु समेत जोडेर बुद्ध परिपथको निर्माण गर्न आवश्यक रहेको बताउनु भयोे । भैरहवामा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी पाहुँना स्वागतगमा आतुर रहेको भन्दै उहाँले विमान स्थल पुर्णरुपमा सञ्चालनमा आएपछि लुम्बिनीको गरिमा झनै बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भुमिका महत्पुर्ण हुने बताउनु भयो । बौद्ध विश्व विद्यालयले बौद्ध धर्मको प्रसार प्रसारमा विशेष योगदान दिने भन्दै उहाँले यसमा प्रदेश सरकारबाट समेत सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीलाई बिश्वका शान्ति र ज्ञानप्रेमीको आस्थाको केन्द्र बनाउन सरकारले बिशेष प्राथमिकताका साथ लुम्विनी गुरु योजनालाई पुरा गर्न लागेको बताउनु भयो । लुम्बिनी गुरुयोजनको काम अवको तिन बर्षमा सक्ने गरी कार्य अगाडी बढाइएको भन्दै उहाँले गुरुयोजना सक्नको लागि एकै पटक ग्लोवल टेन्डरको आह्वान गर्न लागिएको जानकारी दिनुभयो ।

बौद्ध विश्व विद्यालयले बौद्ध दर्शन मात्रै अध्यायन नगराएर, होटल म्यानेजमेन्ट, ट्राभल एड टुरीजम लगायत ईन्जीनियरिङ्ग विधाका विषयहरु समेत थपेर अगाडी बढ््नुपर्ने उहाँको धारणा छ । लुम्बिनी विकास कोषको ५ प्रतिशत आम्दानी लुम्बिनी विश्व विद्यालयलाई प्रदान गर्ने निर्णय मन्त्री परिषद्ले गरेको बताउदै मन्त्री अधिकारीले अगामी दिनमा अझ बढ्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व उपकुलपती प्रा.डा. नरेशमान बज्राचार्य र प्रा.डा त्रिरत्नलाल बज्राचार्य, पुर्व रजिष्टार पिताम्बरलाल यादवलाई सम्मान गरिएको थयो । भिक्षणु धम्मपती गुरुमा, श्रीधरराज राण रिम्पोचे, ज्ञानुपूर्णिक महास्थविर, हेम्मंग चुङ्गे हाम्पोचेलाई बौघ विद्धानको रुपमा सम्मान गरिएको थियो । बिश्व बिद्यालयका नव निर्मित ७ वटा भवनको पनि उदघाटन राष्ट्रपति भण्डारीले गर्नु भयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध बिश्व बिद्यालयका रजिष्टार तिलक आर्चायले स्वागत गर्दै विश्व विद्यालयका वारेमा जानकारी गराउनु भएको थियो ।