हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीमा लाकौल

407

हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीमा लाकौल

बुटवल, ३० बैशाख । हृदयरोग निवारण प्रतिष्ठान रुपन्देहीको सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा निर्मलप्रसाद लाकौल निर्वाचित हुनु भएको छ ।

प्रतिष्ठानको उपाध्यक्षमा काजिमान श्रेष्ठ र बोनिन पिया, सचिवमा नरेशकुमार श्रेष्ठ, सहसचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उज्ज्वल कसजु, सहकोषाध्यक्षमा मञ्जु पराजुली सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा जीवकान्त काफ्ले, सर्जुनारायण श्रेष्ठ, करुण खनाल, अविशेक भारी र जेबि गुरुङ् सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन अधिकृत लोकप्रसाद खरेलले जानकारी गराउनु भयो ।