रोटरीमा नयाँ सदस्यलाई प्रशिक्षण

615

रोटरीमा नयाँ सदस्यलाई प्रशिक्षण

बुटवल, २१ असार । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले क्लवका नयाँ सदस्यकालागि प्रशिक्षण गरेको छ । क्लवमा नयाँ कार्यसमितिलाई पदहस्तान्तरण पछि बसेको पहिलो बैठकमा सदस्यताका लागि आएका नयाँ सदस्यलाई प्रशिक्षण गरेको हो ।

उक्त कार्यक्रममा रोटरी क्लवका डिष्ट्रिक गभर्नर सन्तोष रिजालले रोटरी लिनलाई नभई सेवाकालागि भएकाले रोटरीका माध्यमबाट समाजमा सेवा गर्ने अवसर प्राप्त हुने बताउनु भयो । उहाँले आफूले कमाएको पैसाबाट समाजमा रहेका गरिव तथा विपन्न व्यक्तिहरुलाई सहयोग गर्नु नै मानविय धर्म भएको बताउनु भयो ।

त्यस अवसरमा क्लवका अध्यक्ष कृष्णप्रसाद शर्माले क्लवले अंगाडी गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिनुका साथै नयाँ नयाँ कार्यक्रम गर्ने जानकारी गराउनु भयो । क्लवमा फरक फरक पेशा र व्यबसाय अंगालेका व्यक्तिहरु रहेका फरक फरक पेशा व्यबसायमा एक महिना एक दिन कार्यक्रम ल्याएको बताउनु भयो । त्यसले नयाँ कुरा सिक्ने र त्यस प्रकारको काममा प्रेरणा प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रममा रोटरी क्लवका एसिस्टेन्ट गभर्नर राजेन्द्र ढकाल, क्लवका पूर्व अध्यक्ष पूर्व एसिस्टेन्ट गभर्नर बालकृष्ण अर्याल, पूर्व अध्यक्ष रमेश खनाल, नविन श्रेष्ठ, निवर्तमान अध्यक्ष ओमप्रसाद अर्याल, प्रेसिडेन्ट ईलेक्ट विष्णु घिमिरे, प्रेसिडेन्ट नोमिनी गोपाल ज्ञवाली लगायतले क्लवले अंगाडी सारेका कार्यक्रममा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव दिनेशमणी सुवेदीले गर्नुभएको थियो ।

सोही बैठकले रक्तदान कार्यक्रम र बृक्षा रोपण तथा त्यसको संरक्षणकालागि संयोजक चयन गरेको छ । संयोजकहरुले कार्यक्रमको व्यबस्थापन गर्ने र क्वल बैठकले मिति तय गर्ने अध्यक्ष शर्माले जानकारी गराउनु भयो ।