रुपन्देही सम्पर्क सहकार्य समाज ईजरायलको तीज मिलन कार्यक्रम

528

रुपन्देही सम्पर्क सहकार्य समाज ईजरायलको तीज मिलन कार्यक्रम

बुटवल, २१ भदौ । बिभिन्न सामाजिक गतिबिधि तथा संघसंस्थालाई सहयोग गर्दै आईरहेको रुपन्देही सम्पर्क सहकार्य समाज ईजरायलले नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसरमा बिहिबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ ।

रोजगारीको सिलसिलामा ईजरायल गई स्वदेश फर्केका महिलाहरुको सक्रियतामा सांस्कृतिक पर्वको जगेर्ना, संरक्षण र सवद्र्धन गर्ने उद्देश्यले तीज मिलन कार्यक्रम गरिएको समाजकी सचिव वीनिता ज्ञवालीले जानकारी दिनुभयो । तीज मिलन कार्यक्रममा एक आपसमा शुभकामना आदान–प्रदान, नाचगान र दर खाने कार्यक्रम गरिएको थियो ।

ईजरायलबाट स्वदेश फर्केका र ईजरायलमा रोजगारीमा रहेका व्यक्तिहरु आवद्ध समाजले रुपन्देहीमा रहेका बिभिन्न संघसंस्थाहरुलाई आर्थिक, जिन्सी तथा खाद्यान्न सामाग्रि प्रदान गर्दै आईरहेको छ । समाजले हालसम्म रुपन्देहीको मणिग्राम स्थित आत्मशान्ति अनाथ आश्रमलाई १ लाख ५५ हजार, देवदह अपांङ्ग समाजलाई १ लाख १० हजार, बुटवल देवीनगर स्थित नेपाल अपाङ्ग आश्रमलाई २५ हजार तथा खाद्यान्न, सैनामैनाको रामापुर स्थित सुस्तमनस्थिती संस्थालाई १ लाख १० हजार र बुटवल वेलवास स्थित कर्सो नेपाललाई ५५ हजार रुपैंया सहयोग प्रदान गरिसकेको समाजकी अध्यक्ष कल्पना चापागाईले बताउनु भयो ।

त्यस्तै समाजले आर्थिक अभावको कारण उपचार गर्न नसकेका बिरामीलाई समेत सहयोग गर्ने गरेको छ । समाजले केही महिना अंगाडी स्तन क्यान्सरबाट पिडित तिलोत्तमाको शिवपुरकी एक महिलालाई ३५ हजार रुपैंया नगद सहयोग उपलब्ध गराएको समाजकी कोषाध्यक्ष कमला ढकालले जानकारी दिनुभयो । यस्ता कार्यक्रमलाई संघसंस्थाको अवस्था र आवश्यकता हेरी आगामी दिनमा पनि सहयोग गर्दै जाने लक्ष्य समाजले लिएको छ ।