सामाजिक सुरक्षा सम्बन्धि मजदुरलाई प्रशिक्षण :रोजगारदाता प्रतिष्ठानलाई चाडै सूचिकृत हुन आग्रह

सामाजिक सुरक्षा सम्बन्धि मजदुरलाई प्रशिक्षण :रोजगारदाता प्रतिष्ठानलाई चाडै सूचिकृत हुन आग्रह


बुटवल, २ असार । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल आवद्ध परिषद (आईटियुसी–एनएसी)को आयोजनामा बुटवलमा श्रमिकलाई लक्षित गरेर योगदानमा सामाजिक सुरक्षा ऐन सम्बन्धि प्रशिक्षण गरिएको छ ।

सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन–२०७४ को बारेमा मजदुरलाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल आवद्ध परिषदमा आवद्ध रहेका नेपाल ट्रेड युनियन काँग्रेस, जिफन्ट र अन्टुपका गरि ३० जना सहभागि थिए । उनीहरुलाई नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ् र जिफन्टका शेखर अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।

तालिमको उद्घाटन कार्यक्रममा जिफन्टका प्रदेश अध्यक्ष हरि कार्की, नेपाल ट्रेड युनियन काँग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण वेलवासे, अन्टुपका प्रदेश अध्यक्ष दानबहादुर ओलीले सामाजिक सुरक्षा ऐन नितान्त मजदुरको अधिकारकालागि आएकाले दलगत रुपमा बिभाजित नभई एकताबद्ध भएर लागु गराउनकालागि पहल गर्नुपर्ने र त्यसकालागि आफूहरु तयार रहेको भनाई राख्नुभएको थियो ।

सरकारले लागु गरेको सामाजिक सुरक्षा ऐन सूचिकृत भएका प्रतिष्ठानमा काम गर्ने मजदुरलाई मात्रै लागु हुने भएकाले रोजगारदाता प्रतिष्ठानहरुलाई चाडो भन्दा चाँडो सूचिकृत हुन पनि उहाँहरुले आग्रह गर्नुभएको छ । त्यस्तै मंगलबार कृषि श्रमिककालागि सोही विषयमा प्रशिक्षण हुने अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ–नेपाल आवद्ध परिषदका गोपाल घिमिरेले जानकारी गराउनु भयो ।

Share This
  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares