Wednesday 19th September 2018
  • New title for a=>html, img=>alt
  • समृद्धिकालागि व्यबसायिक कृषि : कृषि मन्त्री पौडेल

    July 30, 2018


    बुटवल, १३ साउन । नयाँ कृषि अभियान कृषि सहकारी संस्था लि. रुपन्देही शाखाले बुटवलको देवीनगरमा कृषिजन्य उत्पादनको संकलन तथा बिक्रि केन्द्र सञ्चालन गरेको छ । उक्त संस्थाले सञ्चालन गरेको संकलन केन्द्रको आईतबार प्रदेश पाँच भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाउन गर्नुभएको हो ।

    संकलन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकार किसानसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले गाउँको उत्पादन र शहरका उपभोक्ताबिचको तालमेल सहकारीले गर्न सके उत्पादक र उपभोक्ता ठगिनेगरी हुने विचौलियाको चलखेल अन्त्य हुने बताउनु भयो । सरकारले प्रदेश पाँचमा अर्गानिक उत्पादनलाई जोड दिएको बताउँदै मन्त्री पौडेलले अर्गानिक मल उत्पादन र उत्पादन भएको मलको खरिदमा अनुदानको व्यबस्था मिलाईएको जानकारी गराउनु भयो । उहाँले जंगल र पशुपालनलाई संगै जोडेर व्यबसायिक उत्पादनमा जोड दिँदै मन्त्रालय किसानसंग साझेदार गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

    प्रदेशको स्थायी राजधानी बनाउन बुटवलको सम्भावना बढी भएको बताउँदै उहाँले प्रदेश राजधानीसंगै प्रादेशिक बजार पनि बुटवल नै हुने उल्लेख गर्नुभयो । त्यस्तै कृषिको समेत प्रादेशिक राजधानी बुटवल नै हुने उहाँको भनाई छ । निर्वाहमुखी कृषिले समृद्धि सम्भव नभएको बताउँदै मन्त्री पौडेलले कृषिका माध्यमबाट समृद्धि हासिल गर्न सकिने र त्यसकालागि व्यबसायिक कृषि व्यबसाय अपरिहार्य रहेको धारणा राख्नुभयो । अहिले युवाहरु कृषि व्यबसायमा निरुत्साहित भएको उल्लेख गर्दै उहाँले सरकारले युवालाई समेत आकर्षित गर्ने र युवाशक्ति विदेश पलायन हुने अवस्था रोक्नकालागि पनि सरकारले कृषिमा युवा आकर्षण गर्ने कार्यक्रम ल्याएको बताउनु भयो ।

    सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै कृषि व्यबसायलाई योजनावद्ध रुपमा अंगाडी बढाउन चाहेको उहाँको भनाई थियो । सहकारीले पहाडी तथा ग्रामिण क्षेत्रबाट अर्गानिक तरकारी तथा फलफूल संकलन गरी शहरी क्षेत्रका उपभोक्तलाई सहुलियत मुल्यमा उपलब्ध गराउने योजना अनुसार संकलन तथा बिक्रि केन्द्र शुभारम्भ गरिएको रुपन्देही शाखाका अध्यक्ष जीवन शर्मा न्यौपानेले जानकारी गराउनु भयो । यसमा सहयोग गर्नकालागि उहाँले सरकारलाई समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा सहकारीका नरपति काफ्ले, पथप्रदर्शक सहकारी बुटवलका अध्यक्ष चन्द्रमणी अधिकारी, रुपन्देही शाखाका कोषाध्यक्ष लिलाधर लुईटेल, प्युठान शाखाका श्याम थापा लगायतले भनाई राखेका थिए ।