सांसद विकास कोष खारेजीको निर्णय राम्रो : मन्त्री केसी

646

सांसद विकास कोष खारेजीको निर्णय राम्रो : मन्त्री केसी

बुटवल, २५ जेठ । प्रदेश पाँचका कानून मन्त्री कुलप्रसाद केसीले परम्परागत चुनावी प्रचारकालागि लक्षित कार्यमा ‘आइस ब्रेक’ गर्नु पर्ने अवस्यकता औलाउनु भएको छ । उहाँले आफ्नो दलले सांसद विकास कोष तथा क्षेत्र विकास कोष राख्न नुहने निर्णय गरेर आइस ब्रेक गर्ने दिशामा अघि बढेको दावी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दल प्रदेश ५ ले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सांसद अन्तरिक्रियामा बोल्दै मन्त्री केसीले प्रदेश संसदीय दलले गरेको निर्णयले सही अर्थमा संघीयता कार्यन्वयनमा सघाउ पुग्ने विस्वास लिएको बताउनुभयो । ‘हाल सम्मको करिव दुई बर्षको समय कठिनाइपूर्ण वितेको छ ।’ उहाँले भन्नुभयो–‘अव काम गर्ने दिशा तर्फउन्मुख भएको जस्तो महसुस गरेका छौँ ।’

मन्त्री केसिले प्रदेशका सीमाहरुका कारण पनि संघीय संसदले निमार्ण गर्ने कानूनहरुको आधारमा रहेर कानून बनाउने काम गरेको बताउनुभयो । उहाँले सदनलाई व्यवस्थित गर्न सफल भएको दावी समेत गर्नुभयो । प्रदेश संसदीय दलका उपनेता समेत रहेका नेता केसीले यस क्षेत्रका संघ संस्थादेखि जनताले गरेको सहयोगका कारण पनि प्रदेश सफलताको दिशातर्फ उन्मुख भएको बताउनु भयो । मन्त्री केसीले स्थानीय तह र प्रदेशविचमा तिक्तता नहुने गरी काम भैरहेको बताउनु भयो । प्रदेश सरकारले लक्षित बर्गलाई केन्द्रित गरी काम गरिरहेको उहाँको भनाई छ ।

प्रमुख सचेतक ढकालको अध्यक्षता, संसदीय मामीला पत्रकार समाजका प्रदेश ५ का अध्यक्ष विष्णु घिमिरेको स्वगत प्रदेश संसदीय दलका सचेतक पार्वती पुनको संचालनमा सम्पन्न अन्तरक्रियामा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डीआर घिमिरे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।