Saturday 19th January 2019
  • New title for a=>html, img=>alt
  • सहकारीको वार्षिकोत्सबमा रक्तदान

    December 8, 2018


    शँकरनगर, २२ मंसिर । शंँकरनगरको जानकीनगर स्थित तिलोत्तमा बहुमुखी सहकारी संस्थाले २० औं वार्षिकोत्सबको अवसरमा शनिबार संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकार तथा शुभेच्छुकहरु गरी ६० जनाले रक्तदान गरेका छन् ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेश्नल कोअपरेटर्स एलायन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले पश्चिम क्षेत्रको केन्द्रमा रहेको रुपन्देहीमा सहकारीहरुले सामाजिक क्षेत्रमा निकै राम्रा काम गरेको उल्लेख गर्दै प्रत्येक सहकारीले एक बर्षमा कम्तीमा एक पटक रक्तदान गरे त्यसले समाजमा रक्तदान गर्नु पर्छ भन्ने भावना बढेर जाने बताउनु भयो ।

    स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष तथा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कृष्ण चौहानले रुपन्देहीमा प्रत्येक दिन सरदर ६५ युनिट रगत आवश्यक हुने बताउदै यस्ता कार्यक्रमले रगत अभाव कम गर्न सहयोग पुग्ने बताउनु भयो ।

    संस्थाका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता, उपाध्यक्ष हरिप्रसाद तिवारीको स्वागत, सचिव पार्वती थापाको सञ्चालन र सदस्य लोमकिशोर आचार्यको संयोजकत्वमा कार्यक्रम भएको थियो ।