सुद्धोधनमा ५० पोईन्ट रगत संकलन

667

सुद्धोधनमा ५० पोईन्ट रगत संकलन

बुटवल, २८ असार । बिहिबार रुपन्देहीको सुद्धोधन गाउँपालिका वडा नं. ४ फर्साटिकरमा गरिएको रक्तदान कार्यक्रममा ५० पोईन्ट रगत संकलन भएको छ ।

रुपन्देही नियमित रक्तदाता संघको आयोजना तथा फर्साटिकर युवा क्लव, युवा मैत्री सञ्जाल, थारु कल्याणकारी महिला समुहको सहआयोजनामा बृहत रक्तदान तथा निशुल्क आँखा शिबिर कार्यक्रम गरिएको थियो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राबिधिक सहयोगमा फर्साटिकरमा गरिएको कार्यक्रममा संघसंस्था, क्लवका प्रतिनीधि, सुभेच्छुक तथा सर्वसाधारण गरि ५० जनाले रक्तदान गरेको रुपन्देही नियमित रक्तदाता संघका अध्यक्ष राजेश हमालले जानकारी दिनुभयो ।

वर्षातको समयमा प्राकृतिक प्रकोप पनि हुन सक्ने र त्यस्तो समयमा पनि रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर खुल्ला रक्तदान कार्यक्रम गरिएको समाजसेवी डोलराज गैरेले बताउनु भयो । कार्यक्रमको संयोजन फर्साटिकर युवा क्लवका डिआर कंडेलले गर्नुभएको थियो ।